मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कतार पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ माघ २०८०, बुधवार

काठमाडौं । कतारमा आकर्षक तलबसहित काम लगाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

ललितपुरको महालक्ष्मी–४ इमाडोल बस्ने सिरहाको विष्णुपुर–२ का २४ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार साहले डम्बरकुमार पाहिकलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिने र त्यहाँ राम्रो कम्पनीका काम दिलाएर मासिक ४५ हजार रुपैयाँ तलब दिलाउने भन्दै पटक–पटक गरी २ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि पक्राउ गरिएको हो ।  

प्रहरी टोलीले साहलाई सोमबार इमाडोलबाट पक्राउ गरी मंगलबार थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार