अर्घाखाँची । भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीस्थित घरमा आगजनी भएको छ । आगजनीबाट आचार्यको सम्पूर्ण घर तथा सामग्री जलेर नष्ट भएका छन् । यो घर आचार्य सांसद हुनुअघि उनकी श्रीमती दीपा आचार्यको नोकरीबाट बनेको पैतृक सम्पत्ति थियो । हाल आचार्यको परिवार आफन्तको घरमा आश्रय लिएर बसिरहेको छ ।
मुख्यमन्त्री आचार्यले काठमाडौंको घटनाका घाइतेहरूलाई सहयोग गर्नेबारे निरन्तर सम्पर्कमा रहेको बेला उनकै घरमा आगजनी भएको हो । सोही दिन आन्दोलनकारीले नेकपा एमालेको पार्टी कार्यालय पनि पूर्ण रूपमा ध्वस्त पारेका थिए । आगजनीको समयमा मुख्यमन्त्री आचार्य प्रदेश राजधानी दाङमा हुनुहुन्थ्यो । स्थानीय बासिन्दाले आगजनी नगर्न अनुरोध गर्दा पनि आन्दोलनकारीले सुनेनन्, बरु उल्टो धम्की दिएका थिए ।
आचार्यले जनतालाई आफ्नो घर, परिवार र सम्पत्तिभन्दा ठूलो ठान्दै काममा खटिएका छन् । क्यान्सर र मृगौला जस्ता रोग जितेका आचार्यको जीवन संघर्षपूर्ण छ, तर उनी जनतामाझ लोकप्रिय छन् । स्वच्छ छविका धनी आचार्यले मुख्यमन्त्री बनेपछि पूर्व विशिष्ट पदाधिकारीलाई दिइँदै आएका सुविधा फिर्ता गर्ने, सरकारी कार्यक्रम सरकारी हलमा गर्ने, खादा र मालाको प्रयोग नगर्ने, ५ लाखभन्दा बढीका आयोजना टेन्डर प्रक्रियाबाट गराउने, स्वकीय सचिवमा आफन्त नराख्ने, भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुता लागू गर्ने जस्ता थुप्रै खर्च कटौतीका निर्णय गरेर प्रदेश सरकारको करोडौं रकम जोगाएका छन् ।
मुख्यमन्त्रीकी श्रीमती दीपा आचार्य पनि सरल र इमान्दार हुनुहुन्थ्यो । उनले २८ वर्ष शिक्षण पेसा गरेर केही वर्षअघि मात्र सेवा निवृत्त भएकी हुन् । कठिन परिस्थितिमा पनि मेहनत गरेर विद्यार्थी पढाउने उनी एक अब्बल शिक्षक थिइन् । डेढ घण्टा हिँडेर शिक्षण गर्ने उनले थोरै-थोरै पैसा जम्मा गरेर सन्धिखर्क-१ को हटारी नेटामा २०६६ सालमा घर बनाएकी थिइन् । तर, उनको २८ वर्षको जागिरे जीवन र श्रमबाट बनेको घर आज ध्वस्त भएको छ ।
अत्ति दुख लागेयो
निन्दनिय घटना, अपराधीलाई छिटो कडा भन्दा कडा कारबाहि होस्।