मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कोटिहोममा अनिरुद्धाचार्यको प्रवचनः ‘धर्म परिवर्तनले चिन्तित गराएको छ’

Ujyalosandeshonline 11005+ समाचार ( )
१९ श्रावण २०८१, शनिबार

काठमाडौं । भारतका सु–प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराजले नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिक रुपमा पवित्र ठाउँ भएको बताएका छन् । ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा प्रवचनका लागि शनिबार नै काठमाडौं आइपुगेका अनिरुद्धाचार्य जी महाराजले नेपाली सबै जनता प्रकृति र संस्कृतिसंग जोडिएको बताएका हुन् । 

उनले आफ्नो जातलाई लिएर एकअर्कालाई हेला गर्न नहुने बताए  । सबै मानव जाति एक भएको उल्लेख गर्दै जातका आधारमा भेदभाव र छुवाछुत गर्न नहुने बताए । उनले नेपालमा पछिल्लो समय धर्म परिवर्तनका घटना धेरै घट्दै गएको  समेत दाबी गरे । यसरी धर्म परिवर्तन गर्दै लगे नेपाल हिन्दु राष्ट्र नरहने  बताए ।  उनले नेपाल र भारतका केही जनता आफ्नो देशमा बसेर अन्य देशको प्रशंसामा बढी समय खर्चिरहेको बताए । जुन माटोमा हामी बस्छौं त्यो माटो माथि विश्वासघात गर्न नहुँने उनको सुझाव थियो । 

उनले नेपालको सबैभन्दा नजिकको मित्र भारत रहेको बताउँदै नेपाल  र  भारतबीचको सम्बन्ध सँधै असल रहने बताए । भारतका कारण नेपालको  अर्थतन्त्र मजबुत हुँदै आएको दाबी गरे । उनले चीन(चिनियाँ नागरिक) नेपालमा आए कहिले पनि पशुपति र गण्डकीको दर्शन नगर्ने  पनि बताए । उनले नेपालको धर्मसँग चीनको केही सम्बन्ध नरहेको जिकिर गरे ।

मानव सेवा फाउण्डेसनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा भाग लिन र पशुपतिको दर्शनका लागि शनिबार नै उनी नेपाल आएका हुन् । उनी शनिबार नै फर्किने तालिका छ । भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराजले सानै उमेरदेखि वृन्दावनमा वेद, पुराणसहित धार्मिक ग्रन्थको अध्ययन गरी समग्र भारतवर्षभर प्रवचनमा ख्याति कमाएको आयोजकले जनाएको छ । 

आयोजकका अनुसार हिन्दू धर्मको रक्षा एवं वृद्ध तथा गरिबको सेवामा सपर्पित अनिरुद्धाचार्यको सनातन हिन्दूधर्म र गौमाताको रक्षासहित सामाजिक कार्यतर्फ विशेष रुचि रहेको छ । स्वदेश तथा विदेशमा नाम चलेका कथा वाचक एवं वाचिकद्वारा वाचन हुँदै आएको पशुपति कोटिहोममा कथा श्रवणका लागि अहिले भक्तजनको भीड लागिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार