मुख्य समाचार
शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला |

सरकार निरंकुशतातिर जाने खतरा छ : डा.शेखर कोइराला

Ujyalosandeshonline 11475+ समाचार ( )
२९ कार्तिक २०८१, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले आफूलाई अलोकतन्त्रवादी हौं भनेर प्रमाणित गर्न नसकेको अवस्थामा सरकार निरंकुशतातिर जाने बताएका छन् । 

बिहीबार मिडिया लयर्स एसोसिएसनले आयोजना गरेको ‘अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक २०८१’ माथिको छलफलमा सहभागि हुँदै नेता कोइरालाले नेपालका अधिकांश कानूनहरु पुनः लेखन गर्नुपर्ने पनि बताए । 

नेपालमा प्रत्येक छ–छ महिनामा सरकार परिवर्तन हुने भएका कारण सत्ता पक्ष र प्रतिपक्षको कुनै तुक नरहेको बताए । 

उनले भने, ‘वास्तवमा हामीले छलफल गर्न लागेको एकदमै महत्वपूर्ण विधेयक हो भन्ने मलाई लागिरहेको छ । यस विधेयकले आफूलाई हामी लोकतन्त्रवादी हौं भन्ने प्रमाणित गर्न सकिन्छ भनेर मार्ग प्रदर्शक गरेजस्तो छ । यदी जनताले आफूलाई लोकतन्त्रवादी हौं भनेर प्रमाणित गर्न नसकेको अवस्थामा सरकार निरंकुशता तिरै जान्छ, त्यसमा शंका गर्नु पर्दैन ।

नेपालमा सत्तापक्ष र प्रतिपक्ष भनेर काम छैन जस्तो लाग्छ । किनभने प्रत्येक ६–६ महिनामा सरकार फेरिरहेको छ । विधेयकको कुरा गर्ने हो भने त पुनःलेखन नै गर्नुपर्छ जस्तो लाग्छ । कानूनको उपयोग गर्नेहरुसँग अध्ययन नगरी छिटो छिटो कानून निर्माण गर्ने तर त्यसो कार्यान्वयन नगर्ने समस्या छ ।’

कानून निर्माणका क्रममा लामो समयको छलफल र अध्ययनबाट निर्माण गर्न सकिएको अवस्थामा कार्यान्वयनको पाटो बलियो हुनेमा उनको जोड थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार