मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

बस दुर्घटनाबारे गृह मन्त्रालयमा ब्रिफिङ

Ujyalosandeshonline 12444+ समाचार ( )
८ भाद्र २०८१, शनिबार

काठमाडौं । गृह मन्त्रालयले मस्र्याङ्गदीमा भएको बस दुर्घटनाको बारेमा भारतका युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई ब्रिफिङ गरेको छ ।

शनिबार गृह मन्त्रालयमा दुर्घटनाबाट भएको क्षति, उद्धार तथा घाइतेहरूको उपचारबारे राज्यमन्त्रीलाई जानकारी गराइएको हो ।

सोही क्रममा गृहमन्त्री रमेश लेखकले घाइतेहरूको उपचार उचित तरिकाले भइरहेको बताएका छन् ।

उनले भने, ‘भारतबाट आएका पर्यटकहरुको दुर्घटनामा पर्नुभयो । दुर्घटनामा पर्नेहरु भारतका युवा तथा खेलकुद राज्यमन्त्री खड्सेको निर्वाचन क्षेत्रका रहेछन् । उद्धार र उपचारका लागि गरिएको प्रयासको प्रशंसा गर्नुभयो ।’

शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार