मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

सर्वपक्षीय सहमतिपछि लौकहीको अवस्था सामान्य

रासस 540+ समाचार ( )
१७ पौष २०८२, बिहीबार

इनरुवा (सुनसरी) । सशस्त्र प्रहरीको गोली प्रहारबाट कोसी गाउँपालिका–१ लौकहीका विजय साहको मृत्यु भएपछि आज बिहानैदेखि तनावग्रस्त बनेको लौकही साम्य भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षीय बैठकमा सहमति भएपछि लौकहीको अवस्था सामान्य भएको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्ने, मृतकको परिवारबाट सशस्त्र प्रहरीमा जागिरका लागि इच्छा राखेमा सहयोग गर्ने, काजकिरिया खर्चबापत पीडित परिवारलाई रु एक लाख सशस्त्र प्रहरीले दिने, लौकहीमा अर्को सशस्त्र प्रहरीको टोलीलाई पठाई पुरानोलाई फिर्ता ल्याउने सहमति भएको कोसी गाउँपालिका–१ का राजकुमार साहले जानकारी दिनुभयो । 

सर्वपक्षीय सहमतिपश्चात् प्रशासनमा वार्तामा बसेको मृतक पक्षका आफन्त र स्थानीयले आन्दोलनरत पक्षलाई आन्दोलन र प्रदर्शन फिर्ता लिन आग्रह गरेका छन् । शव परिवारजनले जिम्मा लिएर परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो । साहको मृत्युपछि आक्रोसित स्थानीयले लौकही बजारमा राखेर प्रदर्शन गर्नुका साथै लौकही बजारमा रहेका सशस्त्र प्रहरी पोष्टमा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार