मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

क्रान्तिकारी दलित मोर्चा नेपालद्वारा सैनामैनामा जागरण अभियानको उद्घाटन

Ujyalosandeshonline 11009+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार

सैनामैना । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सम्बद्ध क्रान्तिकारी दलित मोर्चा नेपाल, पाँच नम्बर ब्युरोले रुपन्देहीको सैनामैनामा एक कार्यक्रमको आयोजना गरी जागरण अभियानको उद्घाटन गरेको छ । कार्यक्रममा बोल्दै वक्ताहरूले जातीय र वर्गीय मुक्तिका लागि संघर्षमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका वैकल्पिक पोलिटब्युरो सदस्य तथा ब्युरो सेक्रेटरी जितामित्र सुनारले दक्षिण एसियामा मनुस्मृतिको आधारमा दलितहरूमाथि उत्पीडन भएको ऐतिहासिक तथ्यमाथि प्रकाश पार्दै जातीय मुक्तिका लागि सबै प्रकारका संघर्ष आवश्यक रहेको बताउनुभयो । उहाँले कानुनी संघर्षलाई पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा रुपन्देहीका सेक्रेटरी लक्ष्मीकान्त पौडेलले वर्गीय मुक्तिविना जातीय मुक्ति सम्भव नभएको बताउनुभयो । उहाँले दलित आन्दोलन दलित समुदायको मात्र नभई गैरदलितहरूको पनि साझा सवाल भएको धारणा राख्नुभयो ।

कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासीका सेक्रेटरी रवि पाण्डेयले करिब ३९ लाख दलितमाथि जातीय मात्र नभई वर्गीय उत्पीडन पनि रहेको उल्लेख गर्दै विद्रोहको आधारभूमि तयार गर्न दलित अगुवाहरू लाग्नुपर्ने बताउनुभयो । उहाँले दलित नेताहरूले आफूलाई मुक्तियोद्धाको रूपमा विकास गर्दै गाउँबस्तीमा पुगेर क्रान्तिकारी दलित आन्दोलनको उठान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा क्रान्तिकारी ट्रेड युनियन महासंघका दयाराम खनाल, क्रान्तिकारी महिला संगठनकी माया नेपाली, क्रान्तिकारी दलित मोर्चा नेपालका केन्द्रीय सदस्य तथा नवलपरासी संयोजक सोमबहादुर विश्वकर्मा, सल्लाहकार शेरबहादुर विश्वकर्मा र क्रान्तिकारी युवा संघका रामु अर्याल लगायतले पनि मन्तव्य राख्नुभएको थियो ।

ब्युरो संयोजक पूर्णविक्रम नेपालीको अध्यक्षता, राजेन्द्र नेपालीको सञ्चालन र गोपाल नेपालीको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमपछि मोर्चाको बैठकले जिल्ला भेलाको मिति तय गर्नुका साथै विभिन्न कार्यक्रमहरूबारे निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार