मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

नवलपुरको सहिद स्मारकभित्र बुद्ध पार्क निर्माण

Ujyalosandeshonline 12433+ समाचार ( )
१० माघ २०८०, बुधवार

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११–नवलपुर स्थित सहिद स्मारकमा बुद्ध पार्क उद्घाटन गरिएको छ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले बुधबार पार्कको उद्घाटन गरेका छन् ।

स्मारक भित्रै बनाइएको बुद्ध पार्कको उद्घाटनपछि पौडेलले सहिद सप्ताहको पहिलो दिन बुद्धपार्क उद्घाटन गर्नु महत्वपूर्ण भएको बताए । उनले सहिद सप्ताहभरी (एक हप्ता सम्म) सहिद स्मारक पार्कमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह पनि गरे ।

सो पार्कमा सिदार्थ गौतम बुद्धको आकर्षक मुर्तिसँगै बुद्धकी माता मायादेवी,ब्रम्हा र इन्द्रको मुर्ति पनि बनाइएको छ ।

समितिले आयोजना गर्ने साताव्यापी कार्यक्रमका क्रममा भोलि (बिहीबार)कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन गर्ने हेतु मेलाको आयोजना गर्ने ,विविध सास्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम गर्ने सहिद स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले जानकारी दिए ।

उनका अनुसार पर्सि (माघ १२) गते वडा स्तरीय नृत्य प्रतियोगिता, माघ १३ गते रक्तदान कार्यक्रम र “सहिद र मदन भण्डारीको सपना साकार पार्नका लागि नवयुवाको भुमिका” विषयक वक्तित्वकला प्रतियोगिता, माघ १४ गते वडा स्तरीय वक्तित्वकला प्रतियोगिता, माघ १५ गते राष्ट्रिय कलाकारहसँग सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता आयोजना गरिने भएको छ ।

यस्तै, सप्ताहको अन्तिक दिन माघ १६ गते प्रभातफेरी निकाल्ने, सहिद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम गरिने सचिवालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार