ईलाका प्रहरी कार्यालय धकधईद्वारा अपांग आश्रममा खाद्यान्न सहयोग

Ujyalosandeshonline 11469+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

भैरहवा । ईलाका प्रहरी कार्यालय धकधईले समुदाय प्रहरी साझेदारी कार्यक्रमका अवसरमा अपांग आश्रममा खाद्यान्न वितरण गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगरमा रहेको नेपाल अपांग आश्रममा रहेका अपांगता भएका व्यक्तिहरुका लागि ईप्रकाले खाद्यान्न सामग्री प्रदान गरेको हो । 

ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले उक्त खाद्यान्न सामग्री आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई प्रदान गरेका हुन् । कार्यक्रममा ईलाका प्रहरी कार्यालय प्रमुख घिमिरेले सामाजिक उत्तरदायित्व बहन गर्न आश्रममा खाद्यान्न वितरण गरेको बताए । त्यस अवसरमा आश्रमका अध्यक्ष डोलबहादुर रामदामले अपांगता भएका व्यक्तिहरुलाई सम्झेर आश्रमसम्म आएकोमा खुशी व्यक्त गरे । सामाजिक सहयोग नै मुख्य स्रोत रहेको आश्रमलाई ठुलो मात्रामा खाद्यान्न उपलब्ध गराउनुका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत अनुकरणीय काम गरेको भन्दै उनले धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार