मुख्य समाचार
‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग | रास्वपा केन्द्रीय समितिको बैठक बस्दै | गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो |

नेपाललाई एकतामा बाँध्न सञ्चार माध्यमहरुको सवलीकरण जरुरी : सञ्चारमन्त्री गुरुङ

Ujyalosandeshonline 11024+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

सुर्खेत । नेपाल सरकारका सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको संस्थागत विकार र संघीयता कार्यान्वयका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।  सोमबार नेपाल टेलिभिजनको कर्णाली प्रदेश ब्युरो कार्यालय उद्घाटन गर्दै मन्त्री गुरुङले विविधतामा रहेको नेपाललाई एकतामा बाध्न सञ्चार माध्यमहरु सवलीकरण जरुरी भएको बताए ।

बढ्दो प्रविधिको बिकाससंगै सञ्चार माध्यममा नवीनतम् प्रविधी र विश्वसनीय सूचनाका लागि सरकारी सञ्चार माध्यम समयानुकुल परिस्कृत गर्दै आउनुपर्नेमा जोड दिए । ‘प्रविधीको प्रयोगले हाम्रा सञ्चार माध्यमहरुमा पनि नयाँ प्रविधीसंगै संघीयता अनुरुप संरचनाहरु पनि बढाउदै जानु परेको हो’ उनले भने, ‘कर्णालीका समाचारहरु संसारभर फैलाउन र संघीयताको मर्म अनुरुप ब्ुयरो कार्यालय राख्नु परेको हो ।’ 

सार्वजनिक प्रशारण सेवाले आमनागरिकलाई समयमै विश्वसनीय सूचना प्रवाह गर्नु भएकाले सोही अनुरुप सरकार ती संरचनाको गुणस्तर विकासमा लागेको बताए । कर्णाली प्रदेश सरकारले अघि सारेको डिजिटल कर्णाली प्रदेशको अभियानमा संघीय सरकारको पूर्ण सहयोग रहने उनले बताए ।

सोमबार नै मन्त्री गुरुङले रेडियो नेपालको कर्णाली प्रादेशिक प्रशारण केन्द्रबाट खस भाषाको समाचार बुलेटिनको पनि शुभारम्भ भएको घोषणा गरे । खस भाषाको समाचार शुभारम्भ कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ६ महिना अघि प्रदेश सरकारले खस भाषामा समाचार प्रशारणका लागि गरेको निर्णयको कार्यान्वयन भएको भन्दै खुशी ब्यक्त गरे । सबै भाषाभाषीहरुको संरक्षण र सम्बद्र्धनका लागि पनि सरकारी सञ्चार माध्यमहरुले स्थानीय भाषाको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाह, वीरेन्द्रनगर पालिकाका प्रमुख मोहनमाया ढकाललगायतले संघीयताको मर्म अनुसार स्थानीय सामाग्रीलाई सरकारी सञ्चार माध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार