मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न

Ujyalosandeshonline 12431+ समाचार ( )
६ मंगशिर २०८२, शनिबार

धनुषा । विवाहपञ्चमी महोत्सवअन्तर्गत तेस्रो दिन आज धनुष यज्ञ सम्पन्न भएको छ । जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज भगवान् रामको स्वरुपमा रहेका किशोरले धनुष तोडेका हुन् । त्रेतायुगमा मिथिला नरेश राजर्षि जनकले आफ्नी छोरी जानकीको विवाहका लागि धनुष यज्ञ गरेको स्मरणमा यहाँ हरेक वर्ष महोत्सव हुँदै आएको छ । यस वर्ष पनि महोत्सवका कार्यक्रम सञ्चालनमा रहेका छन् भने त्यही क्रममा आज धनुष यज्ञ मनाइएको हो । त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीतासँग विवाह गर्नेले शिवको धनुषमा प्रत्यन्चा चढाउन सक्नुपर्ने प्रण लिएका थिए । 

त्यसका लागि आयोजित सभामा सहभागी अरु कसैले प्रत्यन्चा चढाउन नसकेपछि भगवान् रामले त्यो काम गर्न खोजेपछि धनुष तीन टुक्रा भएको इतिहास छ । त्यसपछि मात्रै सीता र रामबीच विवाह भएको वाल्मीकि रामायणमा उल्लेख रहेको छ । अब आइतबार राम मन्दिरमा तिलकोत्सव कार्यक्रम हुनेछ ।

तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताका बुबा र राम मन्दिरका महन्थराम गिरी रामका बुबाको भूमिका निर्वाह गर्दै सम्धी मिलन गर्नेछन् । विवाहपञ्चमी महोत्सवका लागि जानकी मन्दिरलाई बेहुलीझैँ सिँगारिएको छ । विवाहपञ्चमी महोत्सव हेर्न नेपाल तथा भारतका साधुसन्तसहित लाखौँ श्रद्धालु जनकपुरधाम आउने गरेका छन् । सप्ताहव्यापी श्रीसीताराम विवाहपञ्चमी महामहोत्सवअन्तर्गत आज धनुष यज्ञ, आइतबार तिलकोत्सव, सोमबार मटकोर, मङ्गलबार स्वयंवर तथा शुभ विवाहोत्सव र मङ्सिर १० गते बुधबार अन्तिम दिन रामकलेवा गर्दै महोत्सव समापन गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार