मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

उच्च अदालत जनकपुरद्वारा ६६.०५ प्रतिशत मुद्दा फछ्र्यौट

Ujyalosandeshonline 12431+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

जनकपुर । उच्च अदालत जनकपुरले गत आर्थिक वर्षमा ६६.०५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको जनाएको छ । जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत उच्च अदालत जनकपुरका कायम मुकायम न्यायाधीश महेन्द्र नाथ उपाध्यायले गत आर्थिक वर्षमा फछ्र्यौट भएका मुद्दाहरुको तथ्यांक सार्वजनिक गरेका छन् ।

सार्वजनिक गरिएको तथ्यांकका अनुसार हिजो(असार) ३२ गत्तेसम्म कुल ६६७८ मुद्दा रहेकोमा उच्च अदालतले ४४११ वटा मुद्दा फछ्र्यौट गरेको छ । यो संख्या उच्च अदालतले लिएको लक्ष्य भन्दा बढी रहेको न्यायाधीश उपाध्यायले जानकारी दिए । उनका उनुसार अब बाँकी रहेको मुद्दाको संख्या २२६७ रहेको छ ।

गत आर्थिक वर्षमा पुनरावेदन दुनियावादी देवानी मुद्दा जम्मा १८६५ रहेकोमा उच्च अदालतले  ११३७ वटा मुद्दा फछ्र्यौट गरेको छ । त्यस्तै, पुनरावेदन दुनियाँवादी फौजदारी मुद्दा जम्मा ४४५ वटा रहेकोमा उच्च अदालतले २१५ वटा मुद्दा फछ्र्यौट गरेको छ ।

त्यस्तै, पुनरावेदन सरकावादी फौजदारी मुद्दा जम्मा १६०७ वटा रहेकोमा १००३ वटा मुद्दा फछ्र्यौट गरिएको छ । उच्च अदालत जनकपुरले बन्दी प्रत्यक्षीकरण सम्बन्धी जम्मा २५ वटा मुद्दा परेकामध्ये १०० प्रतिसत अर्थात २५ वटै मुद्दा फछ्र्यौट गरेको छ ।

यता परमादेश सम्बन्धी ५२९ वटा मुद्दा रहेकोमा उच्च अदालतले ४०३ वटा मुद्दा फछ्र्यौट गर्न सफल भएको छ । त्यस्तै, उत्प्रेषण सम्बन्धी जम्मा ३०४ वटा मुद्दा दर्ता भएकामध्ये १९५ वटा मुद्दा फछ्र्यौट भएको छ । त्यस्तै, प्रतिषेध सम्बन्धी ५० वटा मुद्दा दर्ता भएकोमध्ये उच्च अदालत जनकपुरले ३३ वटा मुद्दा फछ्र्यौट भएको छ ।

यसैगरि अधिकारपृच्छा सम्बन्धी १३ वटा मुद्दा दर्ता भएकामध्ये उच्च अदालत जनकपुरले ७ वटा मुद्दा फछ्र्यौट गरेको छ । न्यायाधीश उपाध्यायका अनुसार १८ महिना भित्र सिध्याउनु पर्ने मुद्दा एउटा पनि नरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार