मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

इलाम गोल्डकपः लुम्बिनीलाई हराउँदै पाँचथर अन्तिम चारमा

Ujyalosandeshonline 11474+ समाचार ( )
९ माघ २०८०, मङ्गलबार

विराटनगर । इलाम सदरमुकाममा जारी इलाम गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । आज मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा पाँचथर फुटबल क्लबले बुटबलको लुम्बिनी फुटबल क्लबलाई पराजित गर्यो ।

पाँचथरले टाइब्रेकरमा लुम्बिनीलाई ३ का विरुद्ध ४ गोलले पराजित गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । खेलको चौथो मिनेटमा पाँचथरका रोशन लिम्बूले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा बुटबलका विदेशी खेलाडीले पाँचथरविरुद्ध गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । 

पाँचथरका खेलाडीले ३८औं मिनेटमा अर्को गोल थपेपछि पहिलो हाफमा पाँचथर २–१ गोलान्तरले अघि रह्यो । दोस्रो हाफमा बुटबलका माटिन्सले फ्रिकिकबाट गोल गरे । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

आजको खेलको म्यान अफ दि म्याच पाँचथरका रोशन लिम्बू बने । विजेता पाँचथरले झापा युनाइटेडसँग माघ ११ मा सेमिफाइनल खेल्नेछ । आयोजक रेडहर्स फुटबल क्लब र एनआरटीको सेमिफाइनल भिडन्त भोलि बुधबार हुनेछ । माघ १३ गते हुने प्रतियोगिताको फाइनल विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार