मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

एकीकृत समाजवादीको सबै तहको नेतृत्व निर्वाचनबाट चयन गर्न सुझाव

Ujyalosandeshonline 12431+ समाचार ( )
५ वैशाख २०८१, बुधवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा संगठनका सबैतहमा निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने मत बलियो हुँदै गएको छ । आगामी महाधिवेशनमा प्रस्तुत गर्न स्थानीय तहबाट केन्द्रमा पठाईएका प्रतिवेदनहरुमा निर्वाचित नेतृत्वको पक्षमा मत जाहेर गरिएको छ । 

महाधिवेशनका लागि तयार हुँदैगरेको विधान प्रतिवदेनमा वडादेखि केन्द्रसम्मको नेतृत्व निर्वाचित हुनुपर्ने र पार्टीको केन्द्रीय तहमा ४० वर्षमुनिका २० प्रतिशत युवाको सहभागिता गराउने विषयलाई महत्व दिइएको सचिव जीवनराम श्रेष्ठले बताएका छन् ।

समाजवादीका सबै जिल्ला कमिटीले साङ्गठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएकका छन् । आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न जिल्ला कमिटीले वडादेखि सम्बन्धित कमिटीको अधिवेशन, सञ्चालन गरेका सङ्गठन सुदृढीकरण तथा सदस्य बिस्तार, प्रशिक्षणलगायतका प्रगतिको विवरणको प्रतिवेदन केन्द्रमा पठाएका छन् ।

स्थानीय तहबाट आएका सुझाव र विवरणको विस्तृत अध्ययन गरिएपछि यही वैशाख अन्तिम साताभित्र महाधिवेशन प्रतिनिधि चयन गरिने सो पार्टी जनाएको छ ।

एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा हुने छ । आगामी महाधिवेशनको तयारी गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी गरिएको  छ ।  

नेकपा एमालेसँग असमती बढ्दै गएपछि त्यही पार्टीमा लामो समय महासचिव र अध्यक्ष समेत रहीसकेका नेपालले एकीकृत समाजवादी पार्टीको गठन गरेका हुन् । अहिले यो पार्टी सत्ता गठबन्धनको एक सदस्य दल हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार