मुख्य समाचार
पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित |
मुख्य समाचार
पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित |


प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

रासस 459+ समाचार ( )
९ चैत्र २०८२, सोमबार

वीरगञ्ज (पर्सा) । एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई परम्परागत तरिकाले आलुखेती गर्दा कामदार पाउनै मुस्किल हुन्थ्यो ।  कामदार पाइहालेमा लागत धेरै र समय बढी लाग्ने गथ्र्याें । अचेल भने उहाँले त्यो समस्याबाट केही मुक्ति पाउनुभएको छ । त्यसको कारण हो—प्रविधिको प्रयोग । 

हाल ठाकुरले आलु रोप्ने र खन्ने मेसिन (पोटाटो प्लान्टर र पोटाटो डिगर) प्रविधिको प्रयोग गर्नुहुन्छ, त्यसले आलु रोप्दा र खन्दा लाग्ने आधाभन्दा धेरै खर्च जोगिएको छ । “परम्परागत ढङ्गले आलुखेती गर्दा प्रतिकठ्ठा तीन जनाभन्दा धेरै श्रमिक लगाउनुपर्ने हुन्थ्यो । प्रतिश्रमिक रु पाँच सयका दरले पनि पन्ध्र सय खर्च हुन्थ्यो”, उहाँले भन्नुभयो, “हाल मेसिनबाट रोप्दा प्रतिकठ्ठा रु पाँच सयले पुग्ने गरेको छ । एकातर्फ खर्च घटिरहेको छ भने अकोतर्फ श्रमिक नपाउने समस्याबाट पनि मुक्त भएका छौँ ।” 

ठाकुरले यसपालि सवा तीन बिघा क्षेत्रफलमा आलुखेती गरेको र प्रविधिले धेरै सहयोग पुगेको बताउनुभयो । “परम्परागत ढङ्गले आलुखेती गर्दा वार्षिक रु एक लाख जोगाउन पनि मुस्किल हुन्थ्यो । प्रविधिको प्रयोग गरेरपछि सबै खर्च कटाएर रु तीन लाखभन्दा धेरै आम्दानी हुने गरेको छ”, उहाँले भन्नुभयो । 

फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले पालिकाले ठाकुरले मात्रै होइन, आलु रोप्ने मेसिन अनुदानमा उपलब्ध गराएपछि यहाँ अरु धेरै किसानले लाम लिएको बताउनुभयो । “प्रविधिको प्रयोगपछि उत्पादनमा वृद्धि भएको छ । किसानलाई प्रोत्साहनका लागि आगामी आर्थिक वर्षको बजेटमा थप आधुनिक मेसिनको प्रयोग गरेर खेती गर्ने कार्यक्रम ल्याउँछौँ”, उहाँले भन्नुभयो । 

कृषि औजार अनुसन्धान केन्द्र रानीघाटका प्रमुख सचिनकुमार मिश्रले किसानलाई प्रविधिको प्रयोगले लागत र समय घटाउँदै किसानको आम्दानी बढाउन निकै सहयोग पुगिरहेको बताउनुभयो । “लामो समयको अनुसन्धानपछि हामीले किसानको खर्च र समयको लागत घटाउँदै आम्दानी बढाउने प्रविधिको प्रयोगमा जोड दिन सहजीकरण गरेका हौँ । मेसिनको प्रयोग गर्दा किसानलाई निकै फाइदा पुगिरहेको छ । केन्द्रले आलुखेतीमा मात्रै नभएर गहुँखेतीमा पनि प्रविधिको प्रयोगमा जोड दिँदै आइरहेको छ”, उहाँले भन्नुभयो । 

पर्साको जगरनाथपुर गाउँपालिका–३ विजबनियाँका किसानले पनि ‘हारभेस्टर मेसिन’को सहायताले गहुँखेती गर्दा लागत र श्रमिकको खर्चमा न्यूनीकरण भएको बताएका छन् । स्थानीय किसान अभयप्रसाद यादवले मेसिनको प्रयोग गरेर गहुँखेती गर्दा पहिलाको तुलनामा बाली लगाउँदा लाग्ने लागतमा धेरै कमी आएको बताउनुभयो । “परम्परागत ढङ्गले खेती गर्दा धेरै लागत लाग्ने गथ्र्याे । कामदारको पनि त्यस्तै अभाव झेल्नु परिरहेको थियोे”, उहाँले भन्नुभयो, “हाल मेसिनको प्रयोगले खर्च घटाउँदै थोरै लागतमा गहुँबाली उत्पादन गर्न थालेका छौँ ।”

कृषि अनुसन्धान निर्देशनालयका निर्देशक विश्वेश्वरप्रसाद यादवले सरकारले प्रविधि प्रयोग गरेर खेती गर्न प्रोत्साहन गर्दै आइरहेको बताउनुभयो । “प्रविधिको प्रयोगले खेती गर्न धेरै सहज र सुलभ बनाइरहेको छ”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले सामूहिक खेती गर्नका लागि किसानसमक्ष प्रविधि हस्तान्तरण गर्न जरूरी भइसकेको छ ।” 

नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा कृष्ण तिम्सिनाले सरकारले उन्नत बीउबिजन र प्रविधिमैत्री कृषि गर्नका लागि किसानलाई प्रोत्साहन गर्दै आइरहेको बताउनुभयो । “अब पनि परम्परागत ढर्राले खेती गरेर किसानले अपेक्षाकृत लाभ लिनसक्दैनन् । त्यसैले अत्याधुनिक प्रविधिसँगै कृषि क्षेत्रलाई अघि बढाउन आवश्यक भइसकेको छ । यसका साथै अब सीमावर्ती क्षेत्रका किसानले भारतीय बीउबिजनभन्दा पनि स्वदेशी बीउबिजन प्रयोग गरेर खेती गर्न हाम्रो आग्रह छ”, उहाँको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार