मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मेयर आवास कार्यक्रमबाट सिद्धार्थनगरका सात परिवारलाई घर बनाइँदै

Ujyalosandeshonline 12437+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

भैरहवा । मेयर आवास कार्यक्रम अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले धमाधम घर निर्माण गरिरहेको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले उक्त कार्यक्रम अन्तर्गत ७ परिवारका लागि घर निमार्ण गर्दैछ । ७ परिवारको लागि ठेक्का सम्झौता भइ हाल घर निमार्णको काम तीव्र रुपमा भइहेको नगरपालिकाका प्रमुख ईन्जिनियर साकार श्रेष्ठले जानकारी दिए ।

आवास कार्यक्रमको लागि सिद्धार्थनगर नगरपालिकाका १ को नौडिहवामा मुन सरिफ, रानीगाँउमा रामसेवक अहिर, वडा नम्बर ४ को दोगहरामा जगदीश पाण्डे, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक मुराली केवट, वडा नम्बर ६ को दयापथमा किस्मत हरिजन, वडा नम्बर ८ को बसडिलियामा घनश्याम कहार र वडा नम्बर ११ को भुजौलीमा अयोध्या भुंईहारका लागि घर बनाउन्दैछ ।

यी घरहरु चैत मसान्तभित्र सम्पन्न गरी सम्बन्धित घरधनीलाई हस्तान्तरण गर्ने गरी अहिले तीव्र रुपमा काम भइरहेको नगरपालिकाले जनाएको छ । कुल ३७ लाख ६२ हजारको लागतमा केटिएस बिल्डर प्रा.लि.ले घर निर्माण गरिरहेको छ । एकतले टीनको छानो भएको घरमा बाथरुम, किचन, बेडरुमसहित एक परिवारलाई बस्न मिल्ने सुविधायुक्त घर बनाएर नगरपालिकाले घरधनीलाई हस्तान्तरण गर्दछ ।

नगरमा कोही पनि घरबारबिहीन नहुन भन्ने उद्देश्यले विपन्न परिवारका लागि मेयर आवास कार्यक्रम अन्तरगत सिद्धार्थनगर नगरपालिकाले प्रत्येक वर्ष सूचना प्रकाशित गरी विपन्न व्यक्ति छनौट गर्दछ । छनौटमा परेका एवं विपन्नलाई निश्चित बजेट बिनियोजन गरी नगरपालिकाले प्रत्येक वर्ष कार्यक्रम सञ्चालन गर्दै आएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले जानकारी दिए ।

‘नगरभित्र कोही पनि घरबारबिहीन नहोउन् र सबैको आफ्नै छानो होस् भन्ने उद्देश्यले मेयर आवास कार्यक्रम सञ्चालन गरिएको उनले बताए । नगरमा कोही पनि घरबारबिहीन नहोउन् । सबैको आफ्नै छानो होस् भन्ने हाम्रो चाहना र परिकल्पना हो,’ उनले भने ।

कार्यक्रम प्रभावकारी देखिएकाले यसलाई नगरपालिकाले प्रत्येक वर्ष निरन्तरता समेत दिदै आएको छ । बजेट अभावका कारण एकैपटकमा धेरैलाई समेट्न नसकिएकाले आगामी दिनमा बजेट बढाएर कार्यक्रमलाई थप प्रभावकारी बनाउने नगरपालिकाको उद्देश्य रहेको मेयर खाँले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै