मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

इन्ड्राइभको आयोजनामा योरपेस किप फिट सर्किट कार्यक्रम

Ujyalosandeshonline 12441+ समाचार ( )
५ अशोज २०८१, शनिबार

काठमाडौं । राइड सेयरिङ एप इन्ड्राइभले योरपेस किप फिट सर्किट कार्यक्रम अन्तरगत रनिङ्ग प्रोग्राम आयोजना गरेको छ । उक्त कार्यक्रमका लागि अगस्टदेखि तालिम सुरु भएको इन्ड्राइभ नेपालको डिरेक्टर रीता पोखरेलले जानकारी दिएकी छन् । यो तालिम सबै उमेर र क्षमताका व्यक्तिहरूका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजाइन गरिएको हो ।

उनले भनिन्, ‘यो इन्ड्राइभको सानो ड्राइभर क्याम्पेन जस्तो हो । यहाँ आफ्नो व्यस्त समय निकालेर म्याराथनको तयारीमा दैनिक रुपमा सहभागि हुनुहुन्छ उहाँहरुको लागि सानो पुरस्कार पनि राखेका थियौं । जसमा इभि स्कुटर थियो । दुई जनालाई विजेता घोषणा पनि गरिसकेका छौ ।’

उनले योरपेस किप फिट सर्किट नेपाल सहभागीहरूमा सकारात्मक सोच र शारीरिक तन्दुरुस्ती प्रवर्द्धन गर्न विशेष गरी बालबालिका र धावकहरूलाई लक्षित गरी डिजाइन गरिएको बताइन् । 

उनले भनिन्, ‘ड्राइभरहरुले कमाउने मात्र होइन आफ्नो स्वास्थ्यको लागि के गर्न सकिन्छ भनेर यो दौडको आयोजना गरेका छौ । सफल भएको छ । धेरै जनाले सहभागिता जनाएका थिए । ४० जनाभन्दा बढि दैनिक रुपमा सहभागि हुनुहुन्थ्यो भने ४५० जना दौडिदै हुनुहुन्छ ।’ 

यो निःशुल्क तालिम कार्यक्रमले समुदाय भित्र फिटनेस र वेलनेसको संस्कृतिलाई बढवा दिँदै सक्रिय र स्वस्थ जीवनशैली अपनाउन मानिसहरूलाई उत्प्रेरित गर्ने लक्ष्य राखेको छ ।

इन्ड्राइभ सबैका लागि समावेशी र पहुँचयोग्य अनुभव प्रदान गर्न समर्पित छ, विशेष गरी बालबालिका र धावकहरूका लागि जोसँग अन्य अवस्थामा त्यस्ता अवसरहरूमा पहुँच नहुन सक्छन् । कार्यक्रममा सहभागीहरूलाई टी–शर्ट र जुत्ता पनि प्रदान गरिएको छ । प्रशिक्षण सकिएपछि इच्छुक सहभागीहरूले १६औँ काठमाडौँ म्याराथनमा भाग लिने अवसर पाउनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार