मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ भाद्र २०८३, बुधवार

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशी बाढीमा परी दिवङ्गत प्रहरी कर्मचारीको परिवारजनलाई विशेष आर्थिक सहयोगस्वरूप तत्काल प्रतिव्यक्ति रु १० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा प्रहरी हेडक्वार्टरमा बसेको नीति निर्माण समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ४० करोडसमेत प्रदान गर्ने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

बैठकले बाढीपछि सम्पर्कविहीन प्रहरीको खोजीका लागि सम्बन्धित परिवारको समन्वयमा विशेषज्ञ सहितको टोली परिचालन गर्ने निर्णय गरेको छ । यही भदौ १० गतेको भोटेकोशी बाढीमा परी २५  प्रहरी अझै बेपत्ता छन् । दिवङ्गत प्रहरीले कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने र उनीहरूको परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गर्ने बैठकको निर्णय छ ।

उनीहरूका सन्ततिलाई शैक्षिक वृत्तिअन्तर्गत पायकपर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षा निःशुल्क प्रदान गर्ने समितिको निर्णय छ । बैठकले बाढी प्रभावित क्षेत्रका इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी पोष्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, स्याफ्रुवेशी र बेत्रावतीमा कार्यरत प्रहरीको व्यक्तिगत सामग्री क्षतिको राहतस्वरूप जनही ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार