मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

गृहमन्त्री अर्यालद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ मंगशिर २०८२, शनिबार

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको समयमा क्षतिग्रस्त भएका प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गर्नुभएको छ । आज उहाँले गत भदौ २४ गते जेनजी आन्दोलनका कारण क्षतिग्रस्त प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गरेर प्रहरीले गरेको कामकारबाही र त्यस क्षेत्रको शान्तिसुरक्षाका बारेमा जानकारी लिनुभयो ।

अवलोकनका क्रममा गृहमन्त्री अर्यालले मुलुकमा शान्तिसुरक्षा कायम राख्न र अपराध नियन्त्रणका लागि प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले जेनजी आन्दोलनका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माणमा नागरिकस्तरबाट नेपाल प्रहरीले ठूलो सद्भाव पाएको बताउँदै अब प्रहरीले शान्तिसुरक्षासँगै सुशासन प्रवर्द्धन लाग्नुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री अर्यालसँगै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले पनि उक्त क्षेत्रको अवलोकन गर्नुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार