काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, आर्थिक विकासको लागि बचतलाई प्रोत्साहित र कर्जाको सहज पहुंच विस्तार गर्न आवश्यक रहेको बताए । शुक्रबार काठमाडौंमा आयोजित निक्षेप तथा कर्जा सुरक्षण कोष सम्बन्धी सम्मेलन मा बोल्दै उनले पर्याप्त धितो राख्न नसक्ने गरिब तथा विपन्न वर्ग र पिछडिएको क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोत्साहित गरी सार्वजनिक क्षेत्रको लगानीमा बचत तथा कर्जा सुरक्षण कोषको स्थापना भएपछि सकारात्मक उपलव्धि देखिएको बताएका हुन् ।
उनले भने,‘आर्थिक बिकासको लागि बचतलाई प्रोत्साहित गर्नु र कर्जाको सहज पहुंच विस्तार गर्नु आवश्यक एवम् अपरिहार्य हुन्छ । पर्याप्त धितो राख्न नसक्ने गरिब तथा विपन्न वर्ग र पिछडिएको क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोत्साहित गरी र सो कर्जाको सांवाव्याज फिर्ता हुने सुनिश्चतताको लागि कर्जा सुरक्षणको संस्थागत व्यवस्था गर्ने क्रममा सार्वजनिक क्षेत्रको लगानीमा बचत तथा कर्जा सुरक्षण कोषको स्थापना भएपछि सकारात्मक उपलव्धि देखिएको छ ।’
त्यस्तै उनले वित्तीय प्रणलीमा जनविश्वासको सर्वाधिक महत्वहुने बताए । बैंक तथा वित्तीय संस्था समस्या ग्रस्त हुन पुगेमा साना निक्षेपकर्ताको वित्तिय प्रणालीमा रहेको जोखिम न्यूनीकरण गरी थप विश्वसनीय बनाउन कोषको भूमिका महत्वपुर्ण रहने उनको भनाई छ ।
उनले भने,‘वित्तीय प्रणलीमा जनविश्वासको सर्वाधिक महत्वहुन्छ । कुनै कारणले बैंक तथा वित्तीय संस्था समस्या ग्रस्त हुन पुगेमा साना निक्षेप कर्ताको संभावित नोक्सानीबाट संरक्षण गर्न तथा वित्तिय प्रणालीमा रहेको जोखिम न्यूनीकरण गरी यसलाई थप विश्वसनीय वनाउन कोषको भूमिका महत्वपुर्ण हुन्छ । वित्तिय क्षेत्रको विकासको लागि वित्तिय पहुँच अभिबृद्धि, नविन वित्तिय उपकरणहरुको उपयोग, बचत तथा कर्जा विस्तार, सुरक्षणको संस्थागत तथा वित्तिय सुशासनको लागि प्रभावकारी नियमन जस्ता विषयमा पर्याप्त ध्यान दिन जरुरी छ ।’
अन्वेशण को माध्यमवाट उत्पादन र उत्पादकत्व अभिबृद्धि गर्दै आर्थिक बिकासलाई तिब्रता दिन सकिने हुँदा यस्तो कार्यक्रमले आर्थिक बिकासको परिचालकको भुमिका निर्वाह गर्न सक्तछन । यसले आयको साथ साथै जीवन स्तरमा परिवर्तन ल्याई एक्काइशौ शताव्दीको मानवीय आवस्यकता पुरा गर्न सहयोग पुर्याउने छ । नविन सोच तथा प्रविधिमा आधारित स्टार्ट अप व्यसायलाई वित्तीय पहुँच सुनिश्चितता गर्न संस्थागत सुरक्षणको प्रवन्ध अत्यावश्यक हुने कुरामा म जोड दिन चाहन्छु ।
यसै मान्यता अनुरुप सरकारले स्टार्टअप र नव प्रवर्तनका लागि इकोसिस्टम विकास गरी उद्यमशील वातावरण सिर्जना गर्न, सहजीकरण र नियमनका लागि आवश्यक प्रवन्ध मिलाएको छ । यसै वर्षको वजेट मार्फत रु एक अर्बको नेपाल नेपाल स्टार्टअप कोषको कार्यान्वयन तथा बिजनेश इन्क्युवेसन सेन्टरको स्थापना गरी संचालनमा ल्याईएको छ ।
सुरक्षण सेवाको कारण आज ठुलो संख्यामा साना व्यवसायीहरु स्थापित हुन पुगेको तथा बचत कर्ताको मनोवल अभिबृद्धि भई पूँजी परिचालन गर्न सहयोग पुगेको तथ्य हामी सवैको सामु छर्लङ्ग छ । सुरक्षणको प्रवन्धविना यो संभवहुने थिएन ।
नेपाल सरकारको घोषित नीतितथा सुविधाहरुलाई लक्षित लाभ ग्राही सम्म पुर्याउन कोषले आफ्नो सुरक्षण सेवालाई विविधि करण गर्दै गएको तथा सरकारले प्रदान गर्ने सुरक्षण प्रिमियम अनुदान सुविधा समेत यसै संस्था मार्फत परिचालन गर्ने नीतिले यसको बिकास र विस्तारमा योगदान पुर्याएको छ । आगामी दिनमा कोषले अझ रचनात्मक योगदान गर्ने छ भन्ने मेरो विश्वास छ ।
लघुवित्त तथा विपन्न वर्ग कर्जा, कृषिकर्जा, साना तथा मझौला उद्यमकर्जा एवं शैक्षिक कर्जा लगायतका कर्जाको सुरक्षण प्रिमियममा अनुदान सुविधा रहेकोले यसको विस्तारमा मद्धत मिलेको छ । पशुधन कर्जाको सुरक्षणले पशु पालन व्यवसाय प्रबर्धनमा योगदान पुगेको छ । कोषले क्रमशःयी सेवाहरुलाई लागत प्रभावी विधिवाट सञ्चालन गर्न सक्षमता बिकास गर्नु आवस्यक छ । यसरी सर्वसाधारणको निक्षेप र संस्थागतकर्जाको सुरक्षणवबाट समग्र वित्तीय प्रणालीलाई चलायमान वनाउनको साथै सर्वसाधारणको आर्थिक हितको संरक्षण गर्दै देशको आर्थिक बिकासमा समेत योगदान पुग्ने छ भन्ने मेरो विश्वास छ ।
विश्व अर्थतन्त्रमा आउने उतार चढाव तथा आन्तरिक अर्थतन्त्रमा आउने जटिलताको सामना गर्न तथा कर्जा बजारको स्थिरताको लागि कोषलाई अझ सवल वनाउन आवस्यक छ । कोषको संस्थागत सुदृढीकरण गरी व्यवसायिकता बिकास गर्न नेपाल सरकारले उच्च प्राथमिकतामा दिदै आएको म यस अवसरमा जानकारी गराउन चाहन्छु । यस प्रकारको कार्यक्रमले कोषको बिकासको लागि मार्ग चित्र निर्माण गर्न सहयोग पुग्ने छ ।
अन्त्यमा, यो सम्मेलनले आपसी साझेदारी प्रवर्धन गर्नको साथै एक आपसवाट सिक्ने तथा दरिलो अन्तराष्ट्रिय संस्थागत सञ्जालमा कर्जा सहजीकरणसंग सम्वन्धित जिम्मेवार संस्थाहरुलाई जोडेर बचत तथाकर्जा सुरक्षण सेवाको प्रभावकारीता अभिबृद्धि गर्न र नवीनतथा रचनात्मक सुधारका योजनानिर्माण गर्न सहयोगी हुने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।