मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सुनापति गाउँपालिका ‘थाङ्कु÷थाङ्का हब’ घोषणा

Ujyalosandeshonline 11005+ समाचार ( )
२८ चैत्र २०८०, बुधवार

रामेछाप । मौलिकता जर्गेना गर्ने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ रामेछापको सुनापति गाउँपालिकालाई थाङकु÷थाङ्का हब घोषणा गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा सुनापति गाउँपालिका र सुनापति प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमबार गाउँपालिकालाई ‘सुनापति थाङकु÷थाङ्का कला हब’ घोषणा गरिएको हो । 

वडा नं ४ मा आयोजित एक औपचारिक कार्यक्रममार्फत बागमती प्रदेशका प्रदेशसभा सदस्य युवराज चौलागाईंले घोषणा गरे । घोषणासँगै सुनापतिमा तीन महिने थाङ्का कला प्रशिक्षण समेत सुरुवात भएको छ । प्रदेशसभा सदस्य चौलागाईंले थाङ्का हब घोषणालाई लिएर पालिकाका सबै जनताले गौरव गर्नुपर्ने धारणा राखे । उनले मौलिक कलालाई जर्गेना गर्दै रोजगारीसँग जोड्नु सराहनीय कार्य भएको सुनाए । 

‘गाउँपालिकाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्न यो एउटा उत्कृष्ट कार्यक्रमको सुरुवात भएको छ । यसलाई बचाउन र विकास गर्न जरुरी छ । मैले यसलाई पहिलो पाइलाको रूपमा लिएको छु,’ उनले भने । प्रदेश सांसद चौलागाईंले थाङ्का कला पहिचान र अर्थतन्त्रसँग जोडिएको बताउँदै यसले अर्थतन्त्रमा विशिष्ट योगदान दिने बताए । उनले यस्ता कला र सम्पदा केन्द्रित कार्यक्रम अन्य पालिकाले पनि ल्याउने विश्वास व्यक्त गरे ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले पालिकालाई थाङ्का हब घोषणा गर्नुको मुख्य उद्देश्य अग्रज कलाकारलाई सम्मान गर्दै उनीहरूको ज्ञान नयाँ पुस्तामा लैजानु पनि भएको बताए । उनले प्रतिष्ठानले मौलिकता जोगाउने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने उद्देश्य राखेर हबको अवधारणा अघि सारेको जानकारी दिए । उनले भने, ‘यसले पर्यटनसँगै देशको अर्थतन्त्रलाई समेत योगदान दिनेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार