मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि सहकार्य अपरिहार्यः सभामुख यादव

रासस 695+ समाचार ( )
१६ वैशाख २०८३, बुधवार

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका सभामुख रामअशिष यादवले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकको भूमिका नेतृत्वदायी हुने बताउनुभएको छ । जनकपुरधामस्थित श्री आधारभूत विद्यालय मानसिंहपट्टि, तेतरियामा आज आयोजित ‘शिक्षा स्तरीयताका लागि सभामुखसँग प्रधानाध्यापकहरूको अन्तरक्रिया” कार्यक्रममा उहाँले उहाँले शिक्षक, अभिभावक, समाज तथा स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय र सहकार्य गरेर मात्र शिक्षा क्षेत्रको समग्र सुधार सम्भव हुने विचार व्यक्त गर्नुभयो । 

सभामुख यादवले विद्यालयलाई शैक्षिक रूपान्तरणको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि प्रधानाध्यापकहरूलाई व्यवस्थापन, अनुगमन र नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वयमार्फत व्यावहारिक, प्रविधिमैत्री र प्रतिस्पर्धात्मक शिक्षा बनाइनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा मधेस प्रदेश नीति आयोगका पूर्वउपाध्यक्ष प्रा डा भोगेन्द्र झाले शिक्षाको विकासबिना कुनै पनि देश वा प्रदेश समृद्ध हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले सामुदायिक विद्यालयको वर्तमान अवस्था चुनौतीपूर्ण रहेको र सुधारका लागि नीति निर्माणदेखि कार्यान्वयन तहसम्म गम्भीरता अपनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले आ–आफ्ना विद्यालयका अनुभव, समस्या तथा सुधारबारे धारणा राखेका थिए । उहाँहरूले शिक्षक अभाव, भौतिक पूर्वाधारको कमी, प्रविधिको अभाव तथा अभिभावकको न्यून सहभागिता जस्ता चुनौतीहरू प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार