मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

विद्यार्थीहरूको प्रतिभा प्रवर्द्धन गर्दै ओमसतियामा क्रिकेट प्रतियोगिताको उद्घाटन

Ujyalosandeshonline 12431+ समाचार ( )
५ फाल्गुन २०८२, मङ्गलबार

भैरहवा । “ओमसतियाको शान: सुन्दर, शान्त, समृद्ध गाउँपालिका हाम्रो अभियान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै रुपन्देहीको ओमसतिया गाउँपालिकामा ‘अध्यक्ष कप अन्तरविद्यालय सामुदायिक र संस्थागत क्रिकेट प्रतियोगिता’ को शुभारम्भ भएको छ । विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउने तथा गाउँपालिकाभित्र क्रिकेट खेलको प्रवर्द्धन र विकास गर्ने मुख्य उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रवक्ता मदन प्रसाद पोखरेल तथा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीको उपस्थिति रहेको थियो । विशेष गरी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व चर्चित खेलाडी शक्ति गौचनको उपस्थितिले कार्यक्रमको माहोललाई थप उत्साहजनक र रौनकपूर्ण बनाएको थियो । गौचनको उपस्थितिले विद्यार्थी खेलाडीहरूमा नयाँ जोस र जाँगर थपेको महसुस गरिएको थियो ।गाउँपालिकाभित्र रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको यस प्रतियोगिताले स्थानीय स्तरबाटै क्रिकेटका नयाँ प्रतिभाहरू उत्पादन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार