मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

खुला सिमाना तस्करको 'स्वर्णभूमि' बन्न दिन्नौं, नाकामा जाँचपछि बाटोमा अनावश्यक सास्ती हुँदैन : आईजीपी कार्की

विवेक विश्वकर्मा 26+ समाचार ( )
१४ पौष २०८२, सोमबार

भैरहवा । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले खुला सिमानाको फाइदा उठाएर हुने तस्करी र अवैध गतिविधि नियन्त्रणमा प्रहरी प्रशासन कठोर रूपमा प्रस्तुत हुने बताउनुभएको छ। लुम्बिनी प्रेस क्लबको ११ औं स्थापना दिवस तथा तेस्रो लुम्बिनी न्युज फेस्टिवलको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले सीमा क्षेत्र तस्करहरूको लागि 'स्वर्णभूमि' बन्न नहुनेमा जोड दिनुभयो। तस्करी दुवै पक्षका लागि हानिकारक हुने भन्दै उहाँले यसको प्रभावकारी नियन्त्रणका लागि सही सूचनाको आदानप्रदान र सन्तुलित समाधानमा प्रहरी सक्रिय रहेको उल्लेख गर्नुभयो।

सम्बोधनकै क्रममा महानिरीक्षक कार्कीले विदेशी तथा स्वदेशी सवारी साधनहरूको जाँच प्रक्रियालाई व्यवस्थित बनाउने प्रहरीको नयाँ धारणा पनि सार्वजनिक गर्नुभयो। नेपालको अर्थतन्त्र आयातमा आधारित रहेकाले सीमा नाकामा एकपटक विस्तृत जाँच भइसकेका मालवाहक तथा यात्रुवाहक सवारी साधनलाई बीच बाटोमा पटक-पटक रोकेर अनावश्यक दुःख दिन नहुने उहाँले स्पष्ट पार्नुभयो। यद्यपि, ट्राफिक नियम उल्लंघन, दुर्घटना वा कुनै आपराधिक गतिविधिको शंका लागेको अवस्थामा भने जुनसुकै स्थानमा जाँच र कारबाही गरिने उहाँको भनाइ छ। उहाँले प्रहरीको उद्देश्य नागरिक र व्यवसायीलाई सास्ती दिनु नभई सहज वातावरण सिर्जना गर्दै सुरक्षा व्यवस्थालाई मजबुत बनाउनु रहेको बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार