मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

चितवनमा धेरै भारी वर्षा : यस्तो छ राति र शुक्रबारको अवस्था

Ujyalosandeshonline 12442+ समाचार ( )
२८ फाल्गुन २०८२, बिहीबार

काठमाडौँ  । पछिल्लो १२ घण्टामा चितवनमा धेरै भारी अर्थात् १२६ मिलीमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनपछि गोरखा र उदयपुरमा धेरै भारी नजिक वर्षा भएको छ । विभागको मापन केन्द्रमा रेकर्ड भएको विवरणअनुसार गोरखामा ८१.२ मिलीमिटर वर्षा भएको छ भने उदयपुरमा ९० मिलीमिटर वर्षा भएको छ । मौसम विज्ञान विभागले १०० मिलीमिटरभन्दा माथि वर्षा भएमा त्यसलाई धेरै भारी वर्षा भएको भनेर परिभाषित गर्ने गरेको छ । यस्तै, लमजुङमा पनि ७६ मिलीमिटर वर्षा भएको छ ।

यस्तै अन्य केही जिल्लामा भारी वर्षा मापन भएको छ । जसअनुसार इलाममा ५०, झापामा ५४.४, सिन्धुपाल्चोकमा ४५.६, नुवाकोटमा ४३, मिलीमिटर वर्षा भएको छ । यी सबै मापन केन्द्रमा भारी वर्षा भएका हुन् । अन्य दुई दर्जन बढी मापन केन्द्रहरूमा २० मिलीमिटरभन्दा कम वर्षा भएका छन् । अहिले पनि इलाम, झापा, सिन्धुली, दोलखा, नुवाकोट, लमजुङलगायत जिल्लामा वर्षा भइरहेको छ । चितवनलगायत केही जिल्लामा भने रोकिएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिटक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । अहिले कोशी, बागमती गण्डकी लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित वर्षा भइरहेको छ ।

आज राति र शुक्रबारको अवस्था 

आज राति देशभर साधरणतया बादल लाग्ने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । शुक्रबार कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार