मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रामेछापबाट यस वर्षको एसइई परीक्षामा २ हजार ७ सय १ विद्यार्थी सहभागी हुँदै

Ujyalosandeshonline 11005+ समाचार ( )
२८ फाल्गुन २०८१, बुधवार

रामेछाप । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रामेछाप जिल्लाबाट  २ हजार ७ सय १ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसइई परीक्षा आगामी चैत ७ गतेबाट देशै भरि एकैसाथ सुरु हुँदै छ ।  

शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार यस वर्ष जिल्लामा एसइई परीक्षा सञ्चालनको लागि जिल्लाका २ वटा नगरपालिका र ६ वटा गाउँपालिका १९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार यस वर्ष जिल्लाबाट २ हजार ४ सय ११ जना नियमित र २ सय ९० जना ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुँदै छन् । 

जिल्लाको उमाकुण्ड गाउँपालिमा रहेको सिद्धेश्वर बहुमुखी क्याम्पस बाम्ती परीक्षा केन्द्रबाट १ सय ३३ जना र चण्डेश्वरी मावि प्रीति परीक्षा केन्द्रबाट ७३ जनाले परीक्षा दिँदै छन् । त्यस्तै गोकुलगंगा गाउँपालिकाको शारदा मावि ठोसे केन्द्रबाट ८० जनाले र जनजागृति मावि बेताली केन्द्रबाट १ सय ४४ जनाले परीक्षा दिँदै छन् । 

लिखु तामाकोसी गाउँपालिकाको तामाकोसी जनजागृति मावि खिम्ती परीक्षा केन्द्रबाट १ सय २२ जना परीक्षामा सहभागी हुने छन् । सो गाउँपालिकाको झट्टेश्वर मावि धोबी केन्द्रबाट १ सय ४६ जना र त्रिपुरेश्वर मावि दुरागाउँ केन्द्रबाट १ सय ११ जनाले परीक्षा दिँदै छन् । 

मन्थली नगरपालिकाको कालीदेवी मावि फुलासी परीक्षा केन्द्रबाट ९० जना, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस केन्द्रबाट १ सय ७४ जना, नागकन्या मावि गडवारी मन्थली परीक्षा केन्द्रबाट १ सय ८६ जना एसइईमा सहभागी हुँदै छन् ।

मन्थली माविको (क) परीक्षा केन्द्रबाट प्राविधिक धारका १ सय १२ जना विद्यार्थीले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख गजुरेलले जानकारी दिए । यस्तै मन्थली मावि (ख) परीक्षा केन्द्रबाट २ सय ४४ जना र मन्थली मावि (ग) परीक्षा केन्द्रबाट २८ जनाले परीक्षा दिने भएका छन् । रामेछाप नगरपालिकाको गौरीशङ्कर बहुमुखी क्याम्पस रामेछाप परीक्षा केन्द्रबाट २ सय १० जना र हिमगंगा बहुमुखी क्याम्पस र साँघुटार परीक्षा केन्द्रबाट २ सय १० जनाले परीक्षा दिँदै छन् । 

खाँडादेवी गाउँपालिकाको प्रयागेश्वर क्याम्पस पकरबास परीक्षा केन्द्रबाट २ सय २६ जना विद्यार्थीले एसइई दिँदै छन् । दोरम्बा शैलुङ गाउँपालिकाको कण्ठेश्वर मावि टोकरपुर केन्द्रबाट १ सय ७ जना र कालिका मावि लखनपुर केन्द्रबाट १ सय ५ जनाले परीक्षा दिँदै छन् । सुनापति गाउँपालिकाको डहु मावि परीक्षा केन्द्रबाट १ सय १ जना विद्यार्थीले यो वर्षको एसइई परीक्षा दिने गजुरेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार