मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास मेरो प्राथमिकता : हिरा केसी

Ujyalosandeshonline 12444+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराउँदै नेता हिरा केसीले राजनीतिलाई सही दिशामा डोर्‍याउनु र क्षेत्रको विकासलाई तीव्रता दिनु आफ्नो मुख्य एजेण्डा रहेको बताउनुभएको छ। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै केसीले वर्तमान राजनीति केही हदसम्म लिकबाहिर गएको महसुस भएको भन्दै यसलाई मर्यादित, जनमुखी र भ्रष्टाचारमुक्त बनाउन आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पार्नुभयो।

केसीले आफ्नो क्षेत्रमा सडक सञ्जाल, विद्युतीकरण र खानेपानी जस्ता पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्दै युवाहरूमा छाएको निराशालाई आशामा बदल्न रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। विगतमा आफ्ना अग्रज नेताहरूले देवदह, ओमसतिया, तिलोत्तमा र रोहिणी क्षेत्रमा सुरु गरेका अधुरा विकास आयोजनाहरूलाई पूर्णता दिने उहाँको योजना छ। साथै, सामाजिक सद्भाव कायम राख्दै यस क्षेत्रको विशिष्ट पहिचान र विविधतालाई जोगाउनु पनि आफ्नो उम्मेदवारीको महत्त्वपूर्ण उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार