मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्ष गर्नुपर्नेछःसंयोजक दाहाल

Ujyalosandeshonline 11474+ समाचार ( )
६ माघ २०८२, सोमबार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, समानता, समावेशिता तथा उत्पीडित समुदायका अधिकारका लागि अझै सङ्घर्ष गर्नुपर्नेमा अवस्था रहेको बताउनुभएको छ । उहाँले २८६२ औँ सोनाम ल्होसारको अवसरमा आज तामाङ समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै सो विषयलाई जोड दिनुभएको हो । 

“तामाङ समुदायको ल्हो परम्परा, सेलो संस्कृति, डम्फु–टुङ्नाको धुन र सामूहिक उत्सवले नेपालको बहुजातीय र बहुसांस्कृतिक चरित्रलाई जीवन्त बनाउँदै आएको छ, यही विविधता नै हाम्रो राष्ट्रिय एकताको बलियो आधार हो,” संयोजक प्रचण्डले भन्नुभएको छ । उहाँले सोनाम ल्होसारले विभेदविरुद्ध एकजुट भई सुशासन, समृद्धि र जनताको शासन स्थापना गर्ने अभियानमा अझ दृढ बनोस भनी कामना गर्नुभएको छ । 

“सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र नभइ पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक हो । डुक ल्हो ९सर्प वर्ष० लाई विदाइ गरी ता ल्हो ९घोडा वर्ष० को स्वागत गर्दै यस पर्वले परिवर्तन, गति र नयाँ सङ्कल्पको सन्देश दिन्छ,” संयोजक दाहाले आफ्नो शुभकामना सन्देशम भन्नुभएको छ, “सबै आदिवासी जनजाति समुदाय र सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति र समृद्धिको कामना गर्दछु, यस अवसरमा तामाङ समुदायसहित सम्पूर्ण नेपाली जनतामा सुस्वास्थ्य, दीर्घायु, सम्मानपूर्ण जीवन र समृद्ध भविष्यको कामना गर्दछु ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार