मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

लुम्बिनीमा शान्ति र सुगतिको कामना गर्दै विशेष पाठ

Ujyalosandeshonline 12437+ समाचार ( )
२६ अशोज २०८२, आइतबार

लुम्बिनी । नेपालमा शान्ति तथा सुरक्षाको कामना र जेन्जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सुगति तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आइतबार साँझ लुम्बिनीमा शान्ति एवं सुगति पाठ गरिएको छ ।

लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आयोजित यस विशेष पाठमा विभिन्न भिक्षु, लामा, आनी, गुरुमा र विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको संयोजक डा. माणिक रत्न शाक्यले जानकारी दिनुभयो। डा. शाक्यका अनुसार, गत भदौ २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाएकाहरूको सुगतिको कामना गरिएको थियो भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि पनि प्रार्थना गरिएको थियो।

यसका साथै, आन्दोलनपछि देशमा देखिएको अन्योलताको अवस्थाको अन्त्य भई दिगो शान्ति र सुरक्षा कायम होस् भन्ने कामना पनि गरिएको छ। यस शान्ति पाठले देशमा विद्यमान अशान्ति र असमझदारी हटाई सबैमा सद्भाव कायम होस् भन्ने सन्देश दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै