मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

जनतालाई सेवा दिदा कर्मचारी सहजकर्ताको भूमिकामा रहनुपर्छः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11467+ समाचार ( )
१४ कार्तिक २०८१, बुधवार

दाङ । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव कृष्ण पौडेललको थारु आयोगमा सरुवा भएको छ । लुम्बिनी प्रदेशमा विगत पाँच महिना देखि कार्यरत सचिव पौडेललको थारु आयोगमा सरुवा भएको हो । बुधवार सचिव पौडेललाई फेरि भेटौला कार्यक्रम मार्फत मुख्यमन्त्री चेतनारायण आचार्यले विदाई गर्नु भएको छ । 

जेठ १४ गते सचिव पौडेल लुम्बिनी प्रदेशमा सेवाको लागि प्रवेश गर्नु भएको थियो । उहाँको भदौ २७ गते सरुवा भएपनि कार्तिक १४ गते सम्म कामकाजको लागि प्रदेशमै रहनु भएको थियो । यो अवधिमा प्रदेशको समृद्धि र विकासमा नीतिगत तहबाट पौडेलले खेलेको भूमिको प्रशंसा गर्दै सम्मान गरिएको छ । यस्तै उर्जा, जलस्रोत सिंचाई मन्त्रालयमा कार्यरत सचिव मिनराज ढकाल अनिवार्य अवकाश हुनु भएको छ । सचिव ढकाललाई पनि दोसल्ला ओढाउदै मायाँको चिनो प्रदान गरेर विदाई गरिएको छ । 

कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले कर्मचारी तहबाट जनतालाई सहज हुनेगरी सेवा प्रवाह गर्नुपर्ने र त्यो कामका लागि विदाईहुने सचिवहरुबाट प्रभावकारी कार्यसम्पादन भएको भन्दै प्रशंसा गर्नु भएको छ । जनसेवामा खटिएका कर्मचारीबाट सेवाग्राहीले सहजकर्ताको भूमिका चाहने र सोही अनुसार सरल रुपमा सेवा प्रवाहको आवश्यकता पर्ने उहाँले बताउनु भयो ।

‘प्रदेशलाई यो उचाईमा पु¥याउन यहाँहरुको महत्वपूर्ण योगदान रह्यो’मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘प्रदेशको विकास, समृद्धि र सुशासन प्रवद्र्धनमा यहाँहरुको महत्वपूर्ण कार्यसम्पादन गर्नु भएको महशुस हामिले गरेका छौं ।’ कार्यक्रममा प्रदेशका प्रमुख सचिव महादेव पन्थले प्रदेशलाई सुशासन कायम गर्न आधारभुत तहबाट बलियो जग निर्माण गर्ने काम भएको भन्दै प्रदेशको समृद्धिमा कर्मचारी तहबाट योगदान रहेको बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै