मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

फलामलाई आकार दिँदै भविष्य बनाउँदै: एक सफल उद्यमीको प्रेरणादायी कथा

Ujyalosandeshonline 11474+ समाचार ( )
३० श्रावण २०८२, बिहीबार

भैरहवा । रुपन्देहीको शुद्धोदन–७, सिसहवाका शिवलाल लोहारले आफ्नो बाबु–बाजेको परम्परागत आरन पेशालाई आधुनिक कारखानामा रूपान्तरण गरेर देशैभरि चर्चा कमाएका छन् । १८ वर्षदेखि यस पेशामा समर्पित शिवलालले आफ्नो कडा परिश्रम र नवीन सोचका माध्यमले आफ्नो जीवनस्तर मात्र उकासेनन्, आरन पेशाप्रतिको सामाजिक दृष्टिकोणलाई समेत बदल्न सफल भएका छन् ।

एक समय जमिनदारको घरमा आश्रित लोहार परिवारका शिवलालले आज यही पेशाबाट दुईवटा पक्की घर र दुई बिघा खेत जोड्न सफल भएका छन् । "यो काम थाल्दा आफ्नो घरबास थिएन, तर आज यही कामले सबैथोक दिएको छ," उनी भन्छन् । उनले ३६ लाखको लागतमा निर्माण गरेको दुईतले घर भाडामा लगाएका छन् भने १० लाखमा बनेको अर्को घरमा सपरिवार बस्दै आएका छन् ।

शिवलालले परम्परागत आरनलाई आधुनिक प्रविधिमैत्री बनाएका छन् । उनको कारखानामा अहिले दुईवटा आधुनिक आरन, चारवटा धार लगाउने ग्राण्डर, दुईवटा ड्रिल मेसिन, रन्दा र वेल्डिङ मेसिन जस्ता उपकरणहरू छन् । बिजुली नभएको समयमा काम नरोकिओस् भनेर उनले जेनेरेटरको समेत व्यवस्था गरेका छन् । प्रविधिको प्रयोगले काम छिटो, छरितो र सजिलो भएको शिवलाल बताउँछन् ।

उनको कारखानामा बन्ने हँसिया, दाउ, कोदालो, बन्चरो, र खुँडा जस्ता औजारहरू आफ्नो गुणस्तर र धारिलोपनका लागि देशव्यापी रूपमा प्रख्यात छन् । मुस्ताङ, गुल्मी, मकवानपुरदेखि हुम्ला, जुम्लासम्मका ग्राहकहरू उनीकहाँ औजार बनाउन आउने गर्दछन् । यसका साथै, अनलाइनमार्फत विदेशमा कृषि औजार बिक्री गर्ने व्यापारीहरूले पनि उनकै कारखानाबाट सामान खरिद गर्ने गरेका छन् । कामको चापअनुसार उनको कमाइ दैनिक न्यूनतम ५ हजारदेखि ३० हजार रुपैयाँसम्म हुने गर्छ, विशेषगरी धान काट्ने सिजन र जाडो याममा माग अत्यधिक हुने गरेको छ ।

बुटवलबाट प्रतिकिलो ७० रुपैयाँमा फलाम र कपिलवस्तुबाट प्रतिबोरा ३ हजार रुपैयाँमा कोइला खरिद गरी उनी औजार निर्माण गर्छन् । मासिक करिब ३,५०० बिजुलीको बिल र चारजना कामदारको तलबमा ७५ हजार खर्च हुने गरेको उनी बताउँछन् । यी सबै खर्च कटाएर उनले राम्रो बचत गरिरहेका छन् ।

आर्थिक अवस्थाका कारण ८ कक्षाभन्दा बढी पढ्न नपाएका शिवलाल आफ्ना तीन सन्तानलाई भने गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन् । "मैले पढ्न पाइनँ, तर छोराछोरीको पढाइमा कुनै कमी हुन दिएको छैन," उनले भने । महँगो बोर्डिङ स्कुलमा आफ्ना छोराछोरीलाई पढाउन सक्नुले उनको आर्थिक सम्पन्नतालाई दर्शाउँछ । शिवलाल लोहारको यो यात्राले परम्परागत पेशालाई समयअनुसार आधुनिकीकरण गर्दा सफलता अवश्य मिल्छ भन्ने कुराको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार