मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रामायणकालिन इतिहास बोकेको तिरहुतिया गाछीमा बृक्षारोपण

Ujyalosandeshonline 12437+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

जनकपुर । विश्व पर्यावरण दिवसका अवसरमा जनकपुरधाममा ६०० वटा विरुवा रोपिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा ६०० वटा विभिन्न प्रकारका विरुवा रोपेको हो । 

पर्यावरण संरक्षण र मेला, सभा, बैठकको बेला रुखमुनी विश्राम गर्न आउनेहरुलाई मध्यनजर गर्दै तिरहुतिया गाछीमा पिपल, बर, आँप, जामुन र पाखरको विरुवा रोपिएको मेयर साहले बताए ।उनले रामायणकालिन इतिहास बोकेको तिरहुतिया गाछीमा पौराणिक कालजस्तै बोट बिरुवा रोपेर मर्निङ वाल्क र खेलकुद गर्न आउनेहरुका लागि वृक्षा रोपण अझबढी सहज हुने विश्वास व्यक्त गरे ।

मेयर साहले आगामी दिनमा जनकपुरधामभरि थप एक हजार बृक्षारोपन गरी हरियो जनकपुर बनाउने योजना रहेको जानकारी दिए । उनले जिल्ला र जिल्ला आसपास रहेका सामुदायिक वनहरुबाट वृक्षारोपनका लागि आवश्यक सामग्री र जनशक्तिलाई बोलाएर जनकपुरधामभरि एक हजार बिरुवा रोप्ने जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार