रौतहटमा धारिलो हतियार प्रयोग गरि वृद्धको हत्या

Ujyalosandeshonline 11016+ समाचार ( )
३० श्रावण २०८१, बुधवार

रौतहट । रौतहटमा धारिलो हतियार प्रयोग गरि एक वृद्धको  हत्या भएको छ ।

गौर नगरपालिका को वडा नं. ५ कोइरी टोलका ७४ वर्षिय अनिरुद्ध महतोको हत्या भएको अवश्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेका अनुसार धान खेतमा महतोको शव बुधबार बिहान फेला परेको हो ।  उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको  रौतहट प्रहरी उपरीक्षक घिमिरेले बताए ।

धारिलो हतियार प्रहार गरी महतो हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धान बाट खुलेको उनले जानकारी दिए । घटनाका बारे आवश्यक अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार