मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

लैङिगक समानताका चुनौतिहरु सामना गर्न विश्वको ध्यानाकर्षण गराएँ : मन्त्री चौधरी

Ujyalosandeshonline 11474+ समाचार ( )
१० चैत्र २०८०, शनिबार

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी स्वदेश फर्किएकी छन् । शुक्रबार साँझ कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्कनुभएको मन्त्री चौधरीका स्वकीय सचिब शंकर चौधरीले जानकारी दिए ।

मन्त्री चौधरीलाई मन्त्रालयका सचिब सुमनराज अर्याल, सहसचिव रामकृष्ण लामिछाने, उपसचिव विनोदकुमार दाहाल, समाज कल्याण परिषद्का सदस्य सचिब मनोज भट्टलगायतले स्वागत गरेका थिए । 

तीन वर्षपछि नेपालबाट युएन वुमनको सम्मेलनमा मन्त्रीस्तरीय प्रतिनिधि मण्डलले सहभागिता जनाएको हो । महिलाका सामाजिक, आर्थिक, न्यायिक समानतालगायतका विषयमा संयुक्त राष्ट्रसंघले हरेक वर्ष विश्व सम्मेलन गर्ने गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै मन्त्री चौधरीले सम्मेलनले पारित गरेका एजेण्डाहरुले महिला समानताका पक्षमा टेवा पुग्ने बताइन् । सम्मेलनमा नेपालले आफ्ना एजेण्डाहरु बलियो रुपमा राखेको बताउँदै चौधरीले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा लैङिगक समानताका चुनौतिहरु सामना गर्न विश्वको ध्यानाकर्षण गराइएको जिकीर गरिन् ।

‘भ्रमण फलदायी भएको छ । लैङिगक समानता, सामाजिक, आर्थिक क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धीहरु, बर्तमान अवस्थामा ब्यहोर्नु परेका चुनौतिहरुबारे विश्वमाझ जानकारी दिन सके । सम्मेलनमा तीन वर्षदेखि मन्त्री स्तरीय प्रतिनिधिमण्डलको भ्रमण भएको थिएन । समग्रमा भन्नुपर्दा भ्रमण फलदायी र उपलब्धीमुलक भएको छ,’ उनले भनिन् । 

चौधरीले एक हप्ताको भ्रमणमा प्रवासी नेपाली मञ्चले आयोजना गरेको साइड कार्यक्रममा सहभागी हुँदै प्रवासमा रहेका नेपाली नागरिकले भोग्नु परेका समस्या र चुनौतिका बारेमा सात्क्षात्कार हुँदै समाधानका लागि पहल गर्ने पनि बताइन् । 

मन्त्री चौधरीले विश्व सम्मेलनमा बोल्दै मन्त्री चौधरीले महिला र युवतीहरुका सवालले नेपालले गरेका काम, अपनाएका नीति, सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा महिला सहभागिताको बर्तमान अवस्था, सरकारले ब्यहोर्नु परिरहेको चुनौतिका बारेमा विश्वको ध्यानाकर्षण गराएकी थिइन् । उनले महिला समानता र महिला सशक्तिकरणलाई सरकारले प्राथमिकतामा राखेको धारणा राख्दै १६ औं पञ्चवर्षीय आवधिक योजनामा लैङ्गिक जवाफदेही शासन प्रणालीलाई समावेश गर्न राज्य प्रतिबद्ध भएको बताएकी थिइन् । 

मन्त्री चौधरीले जमिन र सम्पत्तिमा एक तिहाइ महिलाको स्वामित्व रहेको, लघु, साना र मझौला उद्यममा महिलाहरुको सहभागिता बढिरहेको विश्वलाई जानकारी गराएकी थिइन् । नेपालमा हाल करिब ४५ प्रतिशत लघु, साना र मझौला उद्योगहरु महिलाद्वारा सञ्चालित छन् । सहकारीमा ५६ प्रतिशत महिला छन् । यसले आर्थिक स्वतन्त्रतालाई दिगो बनाउन योगदान गरेको उनको धारणा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार