मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नेपाली धर्म, कला र संस्कृतिले नेपाली राष्ट्रियतालाई मजबुद बनाएको छ : शेखर कोइराल

Ujyalosandeshonline 12431+ समाचार ( )
२६ कार्तिक २०८१, सोमबार

इलाम । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले इलामको माङसेबुङ धर्म र आध्यात्मको तपोभूमि नेपाल ऐतिहाँसिक काल देखि नै समस्त मानवजातीको लागि आकर्षणको केन्द्र रहेको बताएका छन् ।

इलामको सन्दकपुर गाउँपालिका स्थीत मावुमा आयोजित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन को १४० औं जन्मजयन्तीको उद्घाटन समारोहमा उनले किरात धर्मको आस्थाको केन्द्र इलाम को माङसेबुङलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न क्षेत्र विकास कोषको अवधारणामा लैजानुपर्ने बताएका हुन् ।

उनले भने, ‘ धर्म र आध्यात्मको तपोभूमि नेपाल ऐतिहाँसिक काल देखि नै समस्त मानवजातीको लागि आकर्षणको केन्द्र रहँदै आएको छ । धर्मको आस्थाको केन्द्र इलामको माङसेबुङलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न क्षेत्र विकास कोषको अवधारणामा लैजानुपर्ने छ । यसक्रममा महागुरुको अवतरणले यो रमणीयभूमि पनि तपोभूमि भएर ज्ञान र चेतनाका प्रकाश विस्तार गर्ने केन्द्रको रुपमा पहिचान बनाउन सफल भएको छ ।

तपोभूमि नेपाल उत्तर र दक्षिणवाट आउने विविध धर्म, जाति र संस्कृतिको संगमस्थल हुन पुगेको छ परापूर्वकाल देखि। ’यस्तै उनले  शताब्दीऔं देखि नेपालीहरुले विविधतामा एकता कायम गर्दै आफ्नो पहिचान, संस्कृति र परम्पराको जगेर्ना गर्दै आईरहेको बताए ।

कोइरालाले नेपालको संविधानले सबै नागरिकलाई समान हक अधिकारको सुनिश्चितता गरेको बताउँदै व्यवहारिक कार्यान्वयनमा जोड दिए । उनले नेपाली धर्म, कला र संस्कृतिले नेपाली राष्ट्रियतालाई मजबुद बनाएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार