मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सिद्धार्थनगर प्याब्सनको अध्यक्षमा उदय कुमार मल्लिक निर्वाचित

Ujyalosandeshonline 12431+ समाचार ( )
९ मंगशिर २०८१, आइतबार

भैरहवा । सिद्धार्थनगर नगरपालिकाको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को अध्यक्षमा उदय कुमार मल्लिक निर्वाचित भएका छन् । सिद्धार्थनगर प्याब्सनको भैरहवामा भएको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा मल्लिक सर्वसम्मत निर्वाचित भएका हुन् । निर्वाचित मल्लिक सि.बि.पब्लिक हाई स्कूलका प्रधानध्यापक हुन् ।

त्यस्तै उपाध्यक्षमा राजेन्द्र घिमिरे (काशी नोबल एकेडेमी), सचिवमा सृजना पाठक (लुम्बिनी सृजना इङलिस स्कूल) र कोषाध्यक्षमा राजेश राज जोशी (मुनलाईट सेकेण्डरी बोर्डिङ्ग स्कूलं) निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत तथा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले बताए ।

उनका अनुसार सदस्यहरुमा युवराज पोख्रेल (नेपाल नालन्दा सेकेण्डरी स्कूल), लक्ष्मण ज्ञवाली (साई ग्लोबल सेकेण्डरी स्कूल), धर्मेन्द्र कुमार मिश्रा (मोन्टेसरी मेमोरियल सेकेण्डरी स्कूलं) निर्वाचित भएका छन् । तीन वर्षेकार्यकालका लागि समितिका सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।

प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलको अध्यक्षता, प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला अध्यक्ष अनन्तराम शर्माको विष्णु प्रसाद पन्थीको विशिष्ट आतिथ्यता, लुम्बिनी प्रदेश सह-कोषाध्यक्ष एवं निर्वाचन अधिकृत महेश भुर्तेल र प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष एवं निर्वाचन अधिकृत एक नारायण काफ्लेको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्याब्सन सिद्धार्थनगरका उपाध्यक्ष एवं कार्यक्रम संयोजक उदय कुमार मल्लिकको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार