काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका माग पूरा गर्न भन्दा उनीहरुलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेको बताएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्नी सापकोटाले शिक्षा विधेयक फास्टट्रयाकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग माग समेत गरे । साथै आउँदो १२ गतेदेखि संसद अधिवेशननहुने पनि मा ओवादीको दाबी छ ।
उनले भने,‘अहिले शिक्षाऐनको मागगर्दै शिक्षकहरू सडकमा छन् । तर प्रधानमन्त्री शिक्षकका माग पूरा गर्नु भन्दा उनीहरुलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेका छन् । आउँदो १२ गतेदेखि संसद अधिवेशन हुँदैछ । शिक्षा विधेयक फास्टट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार मागगर्दछौं ।’त्यस्तै, वर्तमान सरकार प्राविधिक रुपमाअस्तित्वमा रहेपनि राजनीतिक रुपमाआफ्नो वैधानिकतागुमाइसकेको पनिमाओवादीको भनाई छ ।
‘वर्तमान सरकार प्राविधिक रुपमा त अस्तित्वमा छ राजनीतिक रुपमाआफ्नो वैधानिकतागुमाइसकेको छ । यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतःअसफलभएको सरकारलाई एकदिनपनि सत्तामा रहने नैतिकअधिकार छैन । वर्तमान सत्तागठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।’उनले भने ।
वर्तमानदुईदलीय गठबन्धन सरकारले यस अघिको प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचार बिरोधीअभियानलाई उल्ट्याएको मात्रनभई सुशासनकायम गर्न लागेका अधिकारीहरुलाई छानीछानी दण्डित गर्ने, अपमानजनकतरिकाले पदबाट हटाउने, राजीनामादिनबाध्य गराउने जस्ता काम गरिरहेकोमाओवादीको आरोप छ ।
उनले भने,‘वर्तमानदुईदलीय गठबन्धन सरकारले यस अघिको प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचार बिरोधीअभियानलाई उल्ट्याएको मात्र छैन, सुशासनकायम गर्न लागेका अधिकारीहरुलाई छानीछानी दण्डित गर्ने, अपमानजनकतरिकाले पदबाट हटाउने, राजीनामादिनबाध्य गराउने जस्ता काम गरिरहेको छ । आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने, विपक्षहरुप्रति छानीछानी सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारबाहीको श्रृङ्गला नै खडा गरेको छ ।
यो सरकारले आजसम्म जे जस्तो निर्णय गरेको छ ती सबै बिचौलियाहरूको स्वार्थमा जनहित र राष्ट्रय हितविपरीत छन् ।’यसैगरी, भारतको जम्मू–कश्मिरमा भएको अतिवादीहमलामा नेपालीनागरिक सुदिपन्यौपानेसहित पर्यटकहरूको निधनभएको घटनाप्रति माओवादीले घोर भत्र्सना पनिगरेको छ ।