मुख्य समाचार
तेह्रथुम र पाँचथर जोड्ने निर्माणाधीन लुमुघाट पुल | तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर | तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास |

सुरक्षा समिति बैठक : हवाइ उद्धार जारी राख्ने, सडक तत्काल खुलाइने

Ujyalosandeshonline 11479+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । सिंहदरबारमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखले अविरल वर्षापछि आएको बाढी र पहिरोमा परि घाइते भएका नागरिकको उद्धार र राहतको प्रगति विवरण बिफ्रिङ गरेका थिए । 

बैठकमा बाढी , पहिरोमा परेकाहरुको खोज, उद्धार र राहत र यातायात व्यवस्थापनको अवस्थाको बारेमा छलफल र समिक्षा भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।अहिले सम्म हवाई माध्यमबाट २५८ जनाको उद्धार गरेको जानकारी दिँदै उनले तीन जिल्लामा हवाई उद्धारको कार्य जारी रहेको जानकारी दिए । 

उनले भने, बाढी, पहिरोमा परेकाहरुको खोज, उद्धार र राहत र यातायात व्यवस्थापनको अवस्थाको बारेमा छलफल गरेर त्यसको समिक्षा पनि गर्यौं ।  अहिलेसम्म हवाइ उद्धारबाट २५८ जना उद्धार भएको छ । मुलतः काभ्रे, सिन्धुपलाञ्चोक, ललितपुरमा हवाई माध्यमबाट उद्धार कार्य जारी राखिएको छ । रोशि खोलामा आएको पहिरोले अलपत्र परेका घाइते, बिरामी, अशक्तहरुलाई धुलिखेल ल्याइसक्नेगरी काम भइरहेको छ ।’ 

मुलुकका अन्य क्षेत्रमा समेत खोज, उद्धार र सडक व्यवस्थापनको कार्य रहेको उनले बताए । काठमाडौंसँग मुख्य सम्पर्क जोड्ने सडकहरु छिटो भन्दा छिटो खुलाउने विषयमा छलफल  भएको तिवारीले बताए । 

‘अन्य क्षेत्रमा समेत खोज र उद्धार कार्यलाई निरन्तरता दिइएको छ । काठमाडौंसँगको मुख्य सम्पर्क रहेको वीपी राजमार्ग धेरै नै विग्रिएको हुनाले सकेसम्म छिटो संचालन गर्नेगरि छलफल भएको छ,’उनको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार