मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

एमालेका मागमा सरकार गम्भीर रहेको महसुस : सचेतक गिरी

Ujyalosandeshonline 12437+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

काठमाडौं । एमालेका प्रमुख सचेतक पदम गिरीले पार्टीको उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सबै मन्त्रालयका सचिवहरुसँग भएको छलफल महत्वपूर्ण भएको बताएका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार भएको छलफल पश्चात उनले एमालेले गरेका माग र दिएका सुझावहरु सरकारले गम्भीरतापूर्वक लिएको महसुस भएको सञ्चारकर्मीलाई बताए । 

उनले भने, ‘आज पार्टीको उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सबै मन्त्रालयका सचिवहरुसँग बसेर छलफल गरेका छौं । आउने बजेट, नीति तथा कार्यक्रमअन्तर्गत हामीले पेस गरेका सुझावहरुलाई पनि सम्बन्धित मन्त्रालयले गम्भीरताका साथ लिएर नीति कार्यक्रम र बजेटमा समावेश गर्ने र देशलाई एउटा समृद्धिको बाटोमा अगाडि बढाउने सन्दर्भमा सरकारले पनि यसलाई गम्भीरताका साथ लेओस् भनेर गम्भीरताका यो विषयलाई उठायौ । सचिवहरुले पनि यसलाई गम्भीरतापूर्वक लिएको नै महसुस भएको छ ।’

झुलाघाटदेखि चिवा भन्ज्याङ्सम्मको मध्य पहाडी क्षेत्रमा गरेको संकल्प यात्राबाट प्राप्त ७ सय ७३ वटा माग र सुझावहरु एमालेले माघ ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको थियो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुझाएको मागपत्रबारे प्रधानमन्त्री दाहालले सुझावहरु सरकारका लागि निकै महत्वपूर्ण दस्तावेज हुनुका साथै कार्यान्वयन गर्न आवश्यक निर्देशन पनि दिने बताएका थिए । त्यसबारे सकारात्मक कुरा भएको पनि सचेतक गिरीले जानकारी दिएका छन् । 

उनले भने, ‘प्रधानमन्त्रीले पनि नेकपा एमालेले सरकारलाई बुझाएको सुझाव  सरकारका लागि निकै महत्वपूर्ण दस्तावेज हुनुका साथै नीति, बजेट, सुशासनका एजेण्डाहरु बनाउने सन्दर्भमा मार्ग दर्शन बन्न सक्ने भन्नुभएको थियो । यसलाई कार्यान्वयन गर्न आवश्यक निर्देशन पनि दिने कुरा भएको थियो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार