मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सामाजिक सञ्जाल प्रयोगले निम्त्याएका चुनौती सामना गर्न सामुहीक प्रयास आवश्यक : मन्त्री शर्मा

Ujyalosandeshonline 12431+ समाचार ( )
१० पौष २०८०, मङ्गलबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, सामाजिक सञ्जालको बढ्यो प्रयोगले निम्त्याएका चुनौती सामना गर्नु साझा दायित्व भएको बताएकी छिन् । 

मंगलबार काठमाडौंमा आयोजित दोस्रो चाइना नेपाल मिडिया समिटलाई सम्बोधन गर्दै उनले, सामाजिक सञ्जालको बढ्यो प्रयोगले, निम्त्याएका चुनौतीहरुको सामना गर्नु सबैको साझा दायित्व भएको भन्दै यसको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन कानून निर्माण भइरहेको बताइन् । 

उनले भनिन्, ‘सामाजिक सञ्जालको बढ्यो प्रयोगले निम्त्याएका चुनौतीहरुको सामना गर्नु पनि हाम्रो साझा सरोकार हो । नेपालमा यसको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन कानुन निर्माणको प्रक्रिया हामीले अगाडि बढाएका छौ।’ 

मन्त्री शर्माले सम्मेलनमा सुचना प्रविधिले मिडिया क्षेत्रमा ल्याएका अवसर, चुनौती तथा आर्थिक संकुचनका कारण बढ्दो संकट समाधान गर्न चिनिँया मिडियाहरुले के गरिरहेको छ भन्ने कुरा छलफल हुने विश्वास व्यक्त गरिन् । 

उनले भनिन्, ‘सूचना प्रविधिका पछिल्ला आविष्कारहरू प्रयोग गर्दै सबै खाले मिडियाहरुलाई राम्रो प्लेटफर्ममा लानु अनिवार्यता भइसक्यो । सूचना प्रविधिले मिडिया क्षेत्रमा ल्याएका अवसर र चुनौती तथा आर्थिक संकुचनका कारण बढ्दो संकट समाधान गर्न चिनिँया मिडियाहरुले के गरिरहेका छन् । पक्कै पनि यो विषयमा सम्मेलनमा सार्थक छलफल हुने छ भन्ने विश्वास लिएको छु ।’

त्यस्तै कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेपालको सञ्चार प्रविधिको सन्दर्भमा नेपालले एउटा नयाँ आकांक्षकासाथ आफुलाई अगाडि बढाईरहेको बताए । 

उनले दोस्रो चाइना नेपाल मिडिया समिटबाट नेपालले लिने चीनको प्रविधिसँग जोडिएकमा अनुभवहरु र उत्पादन दुवै नेपालको लागि उपयोगी हुने बताए । 

उनले भने, ‘नेपालको सञ्चार प्रविधिको सन्दर्भमा नेपालले एउटा नयाँ आकांक्षकासाथ आफुलाई अगाडि बढाइरहेको छ । प्रविधिको विकास गरी गर्ने भन्ने विषयमा नयाँ सोचको लागि अगाडि बढेको छ । चीनले प्रविधिको विकासमा आफ्नो छुट्टै पहिचान बनाउन सकेको छ । चीनको प्रविधिसँग जोडिएका अनुभवहरु र उत्पादन दुवै नेपालका लागि उपयोगी हुने छन् । हामीले सदुपयोग गर्न सक्ने छौं भन्ने मलाई विश्वास छ ।’  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार