मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

जानकी नवमीमा राष्ट्रिय विदा दिन सन्त समाजको माग

Ujyalosandeshonline 11086+ समाचार ( )
७ वैशाख २०८२, आइतबार

जनकपुर । जानकी नवमीको अवसरमा राष्ट्रिय विदा दिनुपर्ने मागसहित जनकपुरधामका सन्त समाजले संघ सरकारलाई आग्रह गरेका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको अगुवाइमा आइतबार जनकपुरधामको तुलसी स्मारकमा आयोजित पत्रकार सम्मेलनमा सन्त समाजले जानकी नवमीलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरी सार्वजनिक विदा दिनुपर्ने माग गरेका हुन् ।

महन्थ रामरोशन दासले जानकी माता नेपालकै छोरी भएको स्मरण गराउँदै, संघ सरकारले अहिलेसम्म जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता नदिएकोमा दुःख लागेको बताए । उनले यस वर्ष पनि वैशाख २३ गते जनकपुरधामका विभिन्न मन्दिरहरूमा जानकी नवमी विशेष श्रद्धा र भव्यताका साथ मनाइने जानकारी दिए ।

उनले भने, ‘जानकी नवमीको अवसरमा दिप प्रज्वलनसहित भव्य सांस्कृतिक तथा धार्मिक कार्यक्रमको आयोजना गरिनेछ, जसमा देशभरका श्रद्धालु भक्तजनहरूको सहभागिता रहनेछ ।’ कार्यक्रमअन्तर्गत झाँकी प्रदर्शन, भजनकीर्तन, प्रवचन तथा सांस्कृतिक प्रस्तुतीहरू समेत समावेश गरिनेछ ।

सन्त समाजले यस पर्वको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई उजागर गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारलाई ज्ञापनपत्र समेत  बुझाएको छ । जनकपुरधामवासीहरूले समेत जानकी नवमीलाई नेपालकै गौरवको पर्व मानेर संघ सरकारले राष्ट्रिय विदा दिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार