मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कोटहीमाई गाउँपालिकामा निःशुल्क बन्धयाकरण शिविर सुरु

Ujyalosandeshonline 12431+ समाचार ( )
११ मंगशिर २०८०, सोमबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुईदिने परिवार नियोजन स्थायी  बन्ध्याकरण शिविर सोमबारदेखि सुरु भएको छ । कोटहीमाई–५ स्थित मझगावाँ स्वास्थ्य चौकीमा सुरु शिविरको पहिलो दिनमै २० जनाले निःशुल्क सेवा लिएको कोटहीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम निवास यादवले बताए । पहिलो दिन १२ जनाले बन्ध्याकरण र ८ जनाले इनप्लाण्ट सेवा लिएको यादवले जानकारी दिए । 

शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले सानो परिवार सुखी परिवारको नारालाई सार्थक बनाउन बन्ध्याकरण शिविरले महत्वपूर्ण भुमिका खेल्ने बताए । विश्वमा बढदै गरेको अधिक जनसंख्याको गतिलाई कम गर्न यस्ता शिविरको झन महत्व रहेको अध्यक्ष त्रिपाठीले बताए । उनले भने, ‘हाम्रो आम्दानी, जग्गा जमिन बढेको छैन तर जनसंख्या दिनहुँ बढिरहेको छ । यसलाई रोक्न हामी सबै सरोकारवालाहरु सक्रिय रुपले अघि बढनुपर्छ ।’ जनसंख्याले आर्थिक अवस्थामा प्रत्यक्ष असर गर्ने भएकोले यसप्रति सबैले चासो राखी महिला र पुरुष दुवै बन्ध्याकरणप्रति सकारात्मक हुन जरुरी रहेको उनले बताए । 

कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादव, कोटहीमाई–५ का वडाध्यक्ष संजय कुमार सैनीले बन्ध्याकरणको महत्व दर्शाउँदै शिविरमा जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका लगायत सबै सरोकारवालाहरुलाई सकारात्मक भइ सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार