मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

बजारमा पाइने चर्चित ब्रान्डकै खाद्यान्न अखाद्य! डाबर मह र करेन्ट चाउचाउ गुणस्तरहीन प्रमाणित

Ujyalosandeshonline 12437+ समाचार ( )
८ जेठ २०८३, शुक्रबार

भैरहवा । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाराको सिमरामा रहेको डाबर नेपाल प्रालिद्वारा उत्पादित मह (हनी) गुणस्तरहीन पाएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ । बजार अनुगमनको क्रममा उद्योगद्वारा उत्पादित महको नमुना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्दा ‘डाबर हनी’ गुणस्तरहीन पाइएको विभागले जनाएको छ विभागका अनुसार, उद्योगबाट उत्पादित ५०० ग्रामको (ब्याच नं. एनबी००४७७) ‘हनी’ परीक्षणको क्रममा न्यूनस्तरको पाइएको छ ।

उत्पादित मह न्यूनस्तरको पाइएपछि विभागले ऐनको दफा ३८ (२) बमोजिम उक्त उत्पादनको मह बिक्री वितरण नगर्न र नगराउनका साथै बजारबाट तत्काल फिर्ता गर्न उत्पादक कम्पनीलाई निर्देशन दिएको छ। त्यस्तै केही दिन अघि अनुगमनको क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको यशोधा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तरहीन पाएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागले आदेश दिएको थियो । त्यस्तै एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि दुहबी सुनसरीद्वारा उत्पादित ज्याकन्याक क्रेकर्स बिस्कुट पनि अनुगमनको क्रममा गुणस्तरहीन पाइएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार