मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

‘दलित समुदायलाई माथि उठ्न राज्यले नदिएकोे गलत भाष्य निर्माण भयो’

Ujyalosandeshonline 12441+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दलित समुदायलाई माथि उठ्न नदिन राज्य नै लाग्यो भन्ने भाष्य निर्माण भइरहेको बताउँदै यस्तो नगर्न आग्रह गरेका छन् । 

बुधबार राजधानीमा आयोजित ‘राज्यसत्तामा दलित समुदायको पहुँच र मुक्तिका लागि बैचारिक वहस’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले दलित समुदायमा रहेका समस्या र विकृतिहरुको पहिचान गरि र ति समस्याहरुलाई सबै मिलेर निर्मुल पार्न आवश्यक रहेको बताए । 

उनले भने, ‘ केही भएन भन्ने ठाउँबाट केही भएको छ भन्ने ठाउँमा पुगेका छौं । यसलाई किन प्रगति नमान्ने ? दलित समुदायको उत्थान हुन नदिन राज्य नै लाग्यो भन्ने भाष्य निर्माण गरिन्छ । म आग्रह गर्न चाहान्छु यस्तो भाष्य निर्माण नगरिदिउँ । यसले जनतामा दलत सन्देश प्रवाह गर्छ । दलित समुदायमा रहेका समस्या र विकृतिहरुको पहिचान गरि र ति समस्याहरुलाई सबै मिलेर निर्मुल पार्न आवश्यक छ ।’

समुदायमा रहेका जातीय विभेदमध्य छुवाछुत एकदमै विकृत र विकराल रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले यसलाई हटाउन सवै वर्ग सजग र सचेत हुन आवश्यक औंल्याए । नेपालको संविधानमै समावेशी सहभागिताको प्रबन्ध गरेको उल्लेख गर्दै कार्यान्वयमा लग्नुपर्ने उल्लेख गरे । 

उनले भने, ‘अलि पढेलेखेका मान्छेको माध्यमबाट गाउँगाउँसम्म पुर्याउन आवश्यक छ । बोलेर होइन व्यवहारमा परिवर्तन आवश्यक छ । अहिलेसम्म दलितसमुदायले पाएका अधिकारहरुलाई अन्दाज गर्न मिल्दैन । सहभागी , सशक्तिकरणका सबै कुराहरु संविधानमा उल्लेख छ । बस आवश्यक्ता यसको कार्यान्वयनको हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार