मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

प्रधानमन्त्री कप क्रिकेट :
पहिलो जितको खोजीमा कोशी, आर्मीलाई २३१ रनको लक्ष्य

Ujyalosandeshonline 11474+ समाचार ( )
१ चैत्र २०८१, शनिबार

भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीलाई २३१ रनको लक्ष्य दिएको छ । पहिलो जितको खोजीमा रहेको कोशीले आज सम्हालिदै मध्यक्रमको ब्याट्सम्यानहरुको सहयोगमा २३० रन बनाएको छ । 

भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको कोशीले ४९.३ ओभरमा सबै विकेट गुमाउदै उक्त स्कोर बनाउदा उसको लागि सुवन गहतराजले अर्धशतकले सहयोग गरे । सुवनले ५७ बल खेल्दै ७ चौकाको सहयोगमा ५१ रन बनाए । कोशीका दुई जना ब्याट्सम्यानहरु भने अर्धशतकबाट चुकेका छन् । सुजन थपलियले ५४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४२ रन बनाएर कुशल मल्लको शिकार बने । यसै गरि सोनु अन्सारीले ७४ बलमा ४ चौकाको सहयोगा ४४ रन बनाए । 

बलिङमा भने आर्मीका लागि सोमपाल कामीले ४ विकेट लिए । उनले ८ ओभरमा ३७ रन खर्चिदै ४ विकेट लिए । यस्तै साहब आलम र आकाश चन्दले समान २ विकेट लिदा कुशल मल्लले १ विकेट लिए । 

प्रतियोगितामा ३ खेल खेलेको कोशी अहिले सम्म जित निकाल्न सकेको छैन, अंक तालिकामा कोशी शून्य अंक सहित सबै भन्दा पुछारमा रहेको छ भने त्रिभुवन आर्मी अहिले सम्म आफुले खेलेको ३ वटै खेलमा जित निकाल्दै ६ अंक सहित प्रतियोगिताको शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार