मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

विकासको मोडल बदल्नैपर्छ : मुख्यमन्त्री कडेल

Ujyalosandeshonline 11005+ समाचार ( )
२१ पौष २०८१, आइतबार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले अहिले भइरहेको विकासको मोडल बदल्न आवश्यक रहेको बताएका छन् । भुकम्प प्रभावित क्षेत्रका प्राविधिकहरुलाई भवन संहिता सम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रमको आइतबार वीरेन्द्रनगरमा उद्घाटन गर्दे मुख्यमन्त्री कडेलले अहिले भइरहेको जथाभावी बिकासको मोडल बदल्न नसकिए  बिपत्तीको चपेटा मुक्त हुन नसकिएको बताएका हुन् ।

मुख्यमन्त्री कडेलले जहाँ देख्यो त्यही माटो खन्ने र जमिन भत्काउने प्रचलन बढेकोमा चिन्ता व्यक्त गर्दे त्यसलाई रोक्न प्राविधिकहरु नै अघि धारणा सर्नुपर्ने बताए । उनले भने, ‘प्राविधिकलाई पन्छाएर डोजर चढेर हिडनेहरुले सडक मूल्याङकन गरिरहेको म देख्छु,यसबाट हामी बच्न सक्नुपर्छ ।’  

विकासको आवश्कता भन्दा रोजगारीलाई केन्द्रित बनाएर गरिने विकासको मोडलले धेरै गाँउ बस्ती जोखिममा परेको चर्चा गर्दे मुख्यमन्त्री कडेलले जनप्रतिनिधिले जहाँ जहाँ भन्छन त्यही जमिन भत्काउने कामलाई निरुत्साहन गर्न पनि प्राविधिकलाई सुझाव दिए ।

मुख्यमन्त्री कडेलले भने,‘विकास कसरी गर्ने र त्यसको दीर्घकालीन असर के हुन्छ भन्ने विषयमा तपाई प्राविधिकले नै सही निर्णय गरेर जनप्रतिनिधिलाई उपयुक्त सुझाव दिने हो, ‘विकासको मोडललाई दीर्घकालीन र जोखिमरहित बनाउन तपाईहरुकै भूमिका रहन्छ । ’

सबै तहका सरकारसँग चाहिएजति रकम नभएपनि भइरहेको रकमको पनि उचित सदुपयोग नभएको मुख्यमन्त्री कडेललको भनाई थियो । मुख्यमन्त्री कडेलले भने, ‘हामीसँग चाहिएको जति पैसा त छैन तर भइरहेको बजेटबाट पनि प्राथमिकता र आवश्यकतामाथि धेरै ध्यान पुगेको देखिन्न ।’

मुख्यमन्त्री कडेलले कर्णाली प्रदेश विपदको उच्च जोखिममा रहेकोले यहाँ बन्ने संरचनाहरु अरु भन्दा जोखिमरहित हुुनुपर्नेमा ध्यान दिन पनि प्राविधिकहरुलाई सुझाव दिए ।

नगर विकास कोषले आयोजना गरेको उक्त कार्यक्रममा गत कार्तिक २२ गते जाजरकोटको केन्द्रविन्दु भएर गएको भुकम्पबाट क्षतिग्रस्त संरचना पुर्ननिर्माणका लागि दुई जिल्लाका ३० जना इन्जिनियरहरु सहभागी रहेको कोषका कार्यकारी निर्देशक विनोद प्रकाश पण्डितले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार