मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

गुणस्तरहीन काम गर्नेलाई सरकारले छाड्दैन : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11009+ समाचार ( )
२१ भाद्र २०८१, शुक्रबार

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले योजना कार्यान्वयनको क्रममा हुने बदमासी नसहने र गुणस्तरहीन काम गर्नेलाई सरकारले नछाड्ने बताएका छन् । अर्घाखाँचीको मालारानी गाउँपालिको शुक्रबार आयोजना गरेको बधाई, स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समयमा काम नसक्ने तथा गुणस्तरहीन काम गर्नेलाई सरकारले नछाड्ने बताएका हुन् ।

‘कामको जिम्मा लिने तर, समयमा सम्पन्न नगर्ने, काम गरे पनि कमजोर संरचना बनाउनेलाई पनि सरकारले निगरानीमा राख्छ’उनले भने, ‘पाँचलाख भन्दा माथिका योजनालाई प्रतिष्पर्धाबाट कार्यान्वयन गर्ने, पछि त्यसको जिम्मेवारी निर्माण कम्पनीले लिनेगरी सम्झौता हुनेछ ।’

उपभोक्ता समितिको नाममा निर्माण व्यवसायीले काम गर्ने तर, त्यसको जिम्मेवारी कसैले नलिने अवस्थाले गर्दा विकृति बढ्यो ।’ उनले विकास निर्माणको काममा गुणस्तर कायम राख्न सरोकारवाला निकायलाई निर्देशन समेत दिए । मुख्यमन्त्री आर्चायले प्रदेश सरकारले सबै क्षेत्रमा सुशासन गर्ने गरी आफ्ना गतिविधि अघि बढाएको बताए । उनले मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागू गरेर सुशासनको थालनी गरेको स्पष्ट पारे । त्यस्तै  विशिष्ट व्यक्तिहरूले पदबाट हटेपछि पनि सरकारबाट सुविधा पाउने व्यवस्था थियो । तर, आचार्य नेतृत्व सरकारले विशिष्ट व्यक्तिलाई दिने सेवा सुविधा दिने निर्णय खारेज गरेर प्रदेश सरकारलाई आर्थिक भारबाट मुक्त गरेको छ ।

सरकारले पुरक बजेट नल्याउने, एक रुपैयाँ पनि रकमान्तरण नगर्ने उनले स्पष्ट पारे । चालु आर्थिक वर्षको लागि स्वीकृत बजेटको पूर्ण कार्यान्वयन गर्न सरकार दृढ रहेको उनले जानकारी दिए । त्यस्तै सुरू भएका योजनालाई सम्पन्न गर्ने गरी सरकारले योजना बनाएको समेत उनले बताए । मुख्यमन्त्री आर्चायले निर्माण व्यवसायीले काम गरेर पैसा नपाएको गुनासोबारे आफू जानकार रहेको उल्लेख गर्दै लुम्बिनी प्रदेशमा त्यो समस्या हल गर्न सरकार प्रतिवद्व रहेको बताए ।

कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई, गाउँपालिका प्रवक्ता तिलक मिश्र, गाउँ कार्यपालिका सदस्य लिलबहादुर विक, नेपाली काँग्रेस मालारानी गाँपालिका सभापति शोभाखर खनाल, नेकपा (एमाले) का कार्यबाहक अध्यक्ष विष्णु मिश्र लगायतले बोलेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार