मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

गौर नगरपालिकामा पहिलो पटक कृषि एम्बुलेन्स संचालन

Ujyalosandeshonline 12431+ समाचार ( )
२२ जेठ २०८१, मङ्गलबार

रौतहट । रौतहटमा उत्पादित कृषि उपजको विक्री वितरणलाई सहज बनाउने उद्देश्यका साथ गौर नगरपालिकाले कृषि एम्बुलेन्स ल्याएको छ । किसानको उत्पादन बजारसम्म लगेर विक्री वितरणमा सहजीकरण गर्ने उदेश्यले नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर ल्याएको हो । 

कृषि एम्बुलेन्स सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ । कृषि एम्बुलेन्समार्फत नगरपालिकाका विभिन्न वडामा उत्पादित कृषि उपज किसानको घरघरबाट उठाएर विक्री वितरण गर्न  बजारसम्म लगिदिने व्यवस्था मिलाइएको छ । 

गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह कानुका अनुसार किसानले उब्जाएको कृषि उपज, फलफुल तथा नगदे बालीको ढुवानीमा सहज हुनेछ । कृषकलाई घर तथा खेतसम्म सेवा दिनको लागि कृषि प्राविधिकको उपयोगको लागि कृषि एम्बुलेन्स ल्याइएको उनको भनाई छ । कृषकले उत्पादन गरेका बालीको ढुवानी तथा बजारीकरणमा नै समस्या आएकाले सम्भवतः यस जिल्लामा नै पहिलो पटक कृषि एम्बुलेन्स संचालनमा ल्याइएको उनले दावी गरेका छन् ।

उनले कृषक, पशुपालक, कुखुरा व्यवसायीले पनि कृषि एम्बुलेन्सले सहयोग लिन सक्ने बताए । कृषि र पशुपक्षी सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि कृषि प्राविधिक ठाउँको ठाउँ उपलब्ध गराउन कृषि एम्बुलेन्सले नगरका किसानको हकमा महत्वपूर्ण काम गर्ने नगरप्रमुख साहको भनाइ छ ।

गाउँका कृषक नागरिकको जनजीवन उकास्न व्यवसायिक कृषि उद्यम नै प्रमुख माध्यम भएको ठहर गर्दै त्यसलाई प्रबद्र्धन गर्न कृषि एम्बुलेन्स उपयोगी हुने वुझाई छ । 

एम्बुलेन्स पाएपछि स्थानीय कृषकहरु खुसी भएका छन् । यसअघि कृषक उत्पादन गर्ने सामग्री विक्री नभएर बारीमै कुहाउनुपर्ने बाध्यता भइरहेको बेला एम्बुलेन्स पाएपछि अव बेच्न सहज हुने कृषकहरु बताउँछन् । कृषि नै आयआर्जन र समृद्धिको आधार भएको भन्दै कृषि प्रबद्र्धन गर्न गौर नगरपालिकाले वर्षेनी बजेट छुट्याउने गरेको छ ।

 गौर नगरपालिकाले कृषि क्षेत्रलाई बिशेष प्रथामिकता दिदै आएको समेत उल्लेख गरेको छ । किसानलाई नयाँ र आधुनिक खालको विउविजन निःशूल्क उपलब्ध गराउनेदेखि उत्पादित कृषि उपज व्यवस्थापन विक्री वितरण गर्नेसम्म गौर नगरपालिकाले सहयोग गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार