मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

राष्ट्रको एकीकरणमा भानुभक्तको योगदान महत्वपूर्णः सभामुख

Ujyalosandeshonline 11474+ समाचार ( )
३० असार २०८१, शनिबार

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भाषा र साहित्यको माध्यमबाट नेपालको एकिकरण गर्ने गर्ने सवालमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको महत्वपुर्ण योगदान रहेको बताएका छन् । 

शनिबार भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले भानुभक्तले भाषा र साहित्यमार्फत राष्ट्र निर्माणमा योगदान नगरेको आज नेपाल यस अवस्था पुग्न कठिन हुने बताए । 

उनले भने, ‘हुन त भानुभक्तले त्यतिबेलाको  अध्यात्मिक रामायण, खासगरि संस्कृतमा लेखिएको रामायणको उल्था गरेको भन्ने सुनिन्छ । तर उल्थामात्र नभएर रामले समाजलाई गरेको योगदान, सामाजिक क्षेत्रमा गर्नुपर्ने सद्भाव र सहि कामका लागि सहिष्णुता र सहयोगको भावनाबाट प्रेरित गरेर संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा ढाल्ने कामहरु गरियो । भानुभक्तले रामायणलाई नेपालीमा लेखेर आधुनिक रामायण बनाइरहँदा ति खण्डहरुमा गरेको वर्णनहरुले नेपाली भाषा केहो भनेर नेपालको मेची देखि महाकालीसम्म रहेका भाषाभाषीहरु सजिलोसँग बुझन्े गरि ल्याउने कुरा र नेपाली पनको विकास गर्ने कुरामा महत्वपुर्ण योगदान दिएको छ । यदि भानुभक्तले त्यो योगदान नगरेको भए भाषा यस रुपबाट नेपालमा राष्ट्र बनाउने सन्दर्भमा पनि केही कठिनाईहरु आउन सक्थे होलान् ।’

नेपाल एकिरकण गर्ने सन्दर्भमा तत्कालिन राजा पृथ्वीनारायण शाहले राष्ट्रलाई भौगोलिक रुपबाट एक ठाउँमा ल्याउने ऐतिहासिक आन्दोलन गरेजस्तै भानुभक्तले भाषा र साहित्यको माध्यमबाट उतिक्कै महत्वपुर्ण अभियान थालेको बताए । 

उनले भने, ‘नेपाल एकिरकण गर्ने सन्दर्भमा तत्कालिन राजा पृथ्वीनारायण शाहले जसरि राष्ट्रलाई भौगोलिक रुपबाट एक ठाउँमा ल्याउने ऐतिहासिक आन्दोलन गर्नुभयो । त्यो समयमा विर रस, भक्ति रस र राष्ट्र एकिकरण गरेर ठुलो राष्ट्रका स्वाभिमानी नेपाली बन्ने चाहानामा आधारित केहि कविताहर आए । खासगरि १८७२को सुगौली सन्धीमा राष्ट्र निर्माण गर्ने कुरामा धक्का खाएर नेपाल खुम्चिरहँदा साहित्यले पारिरहेको प्रभाव र कविहरुले रचना गरिरहेका कविताहरुमा निराशा छाएको पाइन्छ । त्यसपछि दशरथका छोरा रामको रचना गर्ने कुराहरुमा आदिकवि भानुभक्तले अग्रसरता लिएको पाइन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार