मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सट्टेबाजी कसुरमा पक्राउ परेकालाई छुटाइदिन्छु भन्दै ४५ लाख ठगी

Ujyalosandeshonline 12431+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

काठमाडौं । अनलाइन सट्टेबाजी कसुरमा पक्राउ परेका एक युवकलाई छुटाइदिन्छु भन्दै ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ललितपुरको धापाखेल बस्ने सर्लाही मलंगवा–४ का ४५ वर्षीय मुन्ना भनिने सुजितकुमार सिंह छन् । फोटोकपी गर्ने सामान्य पसल चलाएर बसेका एक युवकको करोडौंको बैंकिङ कारोबार रहेको खुलेपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले सर्लाहीको मलंगवा–९ का ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरीलाई गत चैत २९ मा पक्राउ गरेको थियो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनुसन्धानबाट सञ्जय वान एक्स बेटिङका नेपाल एजेन्ट रहेको खुलेको थियो । सञ्जयको निर्देशनमा रामजी र राकेशले काम गरिररहेको खुलेपछि तीनै जनालाई पक्राउ गरेर प्रहरीले काठमाडौं ल्याएको थियो । 

मोबाइलको सिम कार्ड पनि बेच्ने सञ्जयले अर्काका कागजपत्र दुरुपयोग गरेर सिम चलाउने गरेको अनुसन्धानमा भेटिएको जनाएको प्रहरीले ९८ वटा बैंक खाता खोलेर कनेक्ट आइपीएसमार्फत पैसाको कारोबार गरेको फेला पारेको थियो । गत वैशाख पहिलो साता प्रहरीले पत्रकार सम्मेलन गर्दै सञ्जयले पक्राउ पर्दासम्मको मितिमा ५७ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको जनाएको थियो ।

थुनामा रहेका सञ्जयलाई छुटाइदिने भन्दै सिंहले ठगी गरेको खुलेको हो ।  प्रहरीका अनुसार सञ्जयका आफन्तसँग सम्पर्क गरी सिंहले ‘मेरो उच्च पदस्थ व्यक्तिहरुसँग नजिकको चिनजान छ, मैले आफै सरकारी वकिल, न्यायाधीश, प्रहरी समेतलाई तलदेखि माथिसम्म पैसाले सेटिङ मिलाउछु’ विश्वास दिलाएर ठगी गरेका हुन् । सञ्जयका आफन्तलाई काठमाडौंका विभिन्न स्थानमा बोलाइ भेटघाट गरेर नगद  २० लाख र चेकमार्फत थप २५ लाख रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले आइतबार जनाएको हो । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कार्बाहीका लागि जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार